Logo

लाभग्राही छुट संकलनको लागि प्राविधिकहरु गाउँगाउँमा खटिए, २०७६ बैशाख सम्ममा सक्ने

लाभग्राही छुट संकलनको लागि प्राविधिकहरु गाउँगाउँमा खटिए, २०७६ बैशाख सम्ममा सक्ने



काठमाडौं । भूकम्प प्रभावित जिल्लाहरुमा शुक्रबार देखी छुट संकलनको लागि प्राविधिकहरु खटिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्राधिकरणका अनुसार २०७२ को विनाशकारी भुकम्प पछि पनि लाभग्राहीमा नपरेको भनि गुनासो दर्ता भए पछि ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनजाँच सर्वेक्षण गर्न शुक्रबार देखी प्राविधिकहरु खटाएको प्राधिकरणका सहसचिव नवराज प्याकुरेलले जानकारी दिएका छन ।

चैत्र १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत स्थलगत लगत संकलन गर्नका लागि सम्वन्धित जिल्लामा पठाईएको प्याकुरेलले जानकारी दिएका हुन ।

निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार छुट तथा पुनजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो ।

छुट तथा पुनजाँचका लागि ३२ ओटा जिल्लामा ५ सय ५० इञ्जिनियरहरु सहभागि हुनेछन । उनले भने, ‘कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ ।’

त्यसैगरी, सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गरिदिन पनि प्राधिकरणले आग्रह गरेको छ । छुट तथा पुनजाँच सर्वेक्षण २०७६ बैशाख मसान्त सम्ममा सक्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL