Logo

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको आन्दोलन स्थगित, ७ दिन भित्र होला त माग पुरा ?

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको आन्दोलन स्थगित, ७ दिन भित्र होला त माग पुरा ?



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलन स्थगित भएको छ ।

laxmi

नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमति अनुसार आन्दोलन स्थगित भएको हो ।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्ता सहितका सुविधा उपलब्ध गराउने भएको छ । आफना मागहरु ७ दिनभित्रै पूरा हुने भए पछि प्राविधिकहरु काममा फर्कने भएका हुन ।

प्राधिकरण, एशोसियसन र हकहित समितिबीच छलफल भई गरिएको निर्णयमा मंगलबार देखीनै आन्दोलनका कार्यक्रम स्थगन गरी काममा फर्कने निर्णय भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अर्थ मन्त्रालयको सहमति अनुसार प्राविधिकहरुलाई प्रोत्सान भत्ता लगायतका सुविधाबारे उल्लेखित समयमै मन्त्रिपरिषद् बाट निर्णय आउने विश्वास व्यक्त गरेका छन ।

यही चैत्र १० गते अर्थ मन्त्रालयले प्राविधिकहरुलाई प्रोत्साहन भत्ता लगायतका सुविधा उपलब्ध गराउने प्राधिकरणको प्रस्तावमा सहमति प्रदान गरेको थियो ।

प्राविधिक राष्ट्रिय हकहित समितिले गत साउनदेखिकै अतिरिक्त समय काम गरे वापतको भत्ता एवं दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने लगायतका माग राखी दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL