Logo

लगानी सम्मेलनमार्फत यातायात पूर्वाधारका ११ परियोजनामा २३ खर्ब वैदेशिक लगानी भित्र्याईँदै, रेल्वेदेखि तीन अन्तरराष्ट्रिय विमानस्थलसम्म

लगानी सम्मेलनमार्फत यातायात पूर्वाधारका ११ परियोजनामा २३ खर्ब वैदेशिक लगानी भित्र्याईँदै, रेल्वेदेखि तीन अन्तरराष्ट्रिय विमानस्थलसम्म



काठमाडौं । सरकारले लगानी सम्मेलनमार्फत यातायात पुर्वाधारमा २३ अर्ब रुपैयाँ बराबरका विदेशी लगानी भित्र्याउने पहल गरेको छ ।

laxmi

लगानी बोर्डले यातायात पूर्वाधारका विभिन्न ११ ओटा परियोजना छनौट गर्दै ती परियोजनाहरुमा लगानी सम्मेलनमार्फत लगानी भित्र्याउन लागेको हो ।

सम्मेलनमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलदेखि, पूर्व पश्चिम रेल्वे तथा काठमाडौंको मेट्रो रेलमा विदेशी लगानी भित्र्याउन पहल गर्ने भएको छ ।

यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनका लागि बोर्डले २३ खर्ब १५ अर्ब ४२ करोड रुपैयाँ बराबरका ११ ओटा परियोजना सोकेसमा राखेको छ ।

बोर्डका अनुसार पूर्वपश्चिम विद्युतिय रेल विस्तारका लागि मात्रै ३ अर्ब अमेरिकी डलरको परियोजना अगाडी सारिएको छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका २४ ओटा जिल्लालाई छोएर बन्ने उक्त परियोजनाको फिजिविलिटी अध्ययन भईसकेको छ । उक्त परियोजनाका लागि २ हजार २ सय ४७ हेक्टर वन क्षेत्र आवश्यक पर्ने पनि लगानीबोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार सम्मेलनलाई नै लक्षित गरी अगाडी सारिएको काठमाडौं पोखरा रेलमार्ग विस्तारको परियोजना पनि रहेको छ । काठमाडौं देखि पोखरासम्म १ सय ८७ किलोमिटरको उक्त रेलमार्गका लागि बोर्डले २ अर्ब ८३ करोड अमेरिकी डलर लगानीको अनुमान लगाएको छ ।

यस्तै अन्य परियोजनामा विराटनगर क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल ३६ करोड डलर तथा काठमाडौंको रिङरोडमा तिव्र विद्युतीय बस सेवा संचालन गर्नका लागि १४ करोड ९५ लाख डलरको परियोजना अगाडी सारेको छ ।

२५ करोड ८० लाख डलर लागतको धनगढी क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, सुदुरप्श्चिममै तीब्र बस सेवाका लागि ४ करोड लागतको परियोजना, काठमाडौं उपत्यकामा मेट्रो रेल गुडाउन ५ खर्ब ४७ अर्ब रुपैयाँको परियोजना पनि सरकारले लगानी सम्मेलनका लागि अगाढी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL