Logo

भारतको कोकानसँग २ सेट रेल खरिद गर्दै रेल बिभाग, मूल्य ८४ करोड ६५ लाख

भारतको कोकानसँग २ सेट रेल खरिद गर्दै रेल बिभाग, मूल्य ८४ करोड ६५ लाख



काठमाडौं । सरकारले जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि २ सेट रेल खरिद गर्ने भएको छ ।

laxmi

बिहीबार नियमित पत्रकार सम्मेलनमा सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैंठकले दुई सेट रेल खरिद गर्न लागेको जानकारी दिएका हुन ।

नेपालले २ सेट रेल खरिद गर्ने भनेपनि भारतले रेलको मूल्य पठाउन ढिलाई गरिरहेको थियो । केही समय अगाडीमात्रै भारतले रेलको मूल्य पठाए पछि मन्त्रिपरिषद् बैंकठले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार नेपालले जी टु जी प्रकृयामार्फत ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल खरिद गर्नेछ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभागलाई स्वीकृती दिएको जानकारी दिएको हो ।

भारतीय सरकारी कम्पनी कोकान रेलवेयज कर्पोरेसन लिमिटेडमार्फत २ वटा डीईएमयू रेल किन्नका लागि रेल विभागलाई स्वीकृति दिएको मन्त्री बास्कोटाले जानकारी दिएका छन ।

विभागले रेल खरिदको लागि ५० करोड रुपैयाँ विनियोजन गरेपछि थप अपुग रकमको लागि अर्थमन्त्रालयमा रकम माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL