Logo

मेलम्ची खानेपानीबाट पन्छिदै मन्त्रालय र आयोजना, कहिले आउँछ काठमाडौंमा पानी ?

मेलम्ची खानेपानीबाट पन्छिदै मन्त्रालय र आयोजना, कहिले आउँछ काठमाडौंमा पानी ?



काठमाडौं । खानेपानी मन्त्रालयले ठोस निर्णय लिन नसक्दा मेलम्ची खानेपानी आयोजनाको अन्यौलता बढ्दै गएको छ ।

इटालियन कम्पनी सिएमसीले आयोजना बिचमै छाडेर भागे पछि आयोजनालाई कसरी अगाडी बढाउने भन्ने विषयमा मन्त्रालयले अहिलेसम्म कुनै टुङ्गो लगाउन सकेको छैन ।

विगतदेखिनै झमेलामा फस्दै आएको सो आयोजनामा सिएमसीले पनि काम गर्न छाडे पछि निधारित समयमै काठमाडौंबासीलाई पानी वितरण गर्न सकेन । सिएमसीले भने कम्पनी टाँट पल्टेको भन्दै आयोजना छाडेर भागेको थियो ।

अहिले सो आयोजनालाई अगाडी बढाउन मन्त्रालयले थप अध्यन अनुसन्धान गरिरहेको मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले जानकारी दिएका छन ।

मेलम्ची खानेपानी आयोजनाले भने मन्त्रालयले समयमै निर्णय दिन नसक्दा काम गर्न ढिलाई भएको बताउँदै आएका छन । तर मन्त्रालयले भने सबै काम आयोजनाले गर्ने अनि दोष थुपार्ने काम मन्त्रालयलाई दिने गरेको आरोप लगाएका छन ।

उक्त आयोजना अघि बढाउन सार्वजनिक खरिद प्रक्रियामार्फत जाँदा ढिला हुने भएकाले मन्त्रालयले विशेष निर्णय गर्नु पर्ने आयोजनाको धारणा रहेको छ । तर मन्त्रालयले भने अहिले छलफलमानै रहेको जानकारी दिएको छ ।

खानेपानी मन्त्री विना मगरले तिहार लगतै काठमाडौंबासीलाई पानी वितरण गर्ने गरि काम गरिरहेको बताउँदै गर्दा सिएमसी भागे पछि आयोजनाको काम अहिलेसम्म अगाडी बढन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL