Logo

लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको टेण्डर आगामी हप्ता, जग्गा मुआब्जको सुचना शुक्रबार जारी गर्दै

लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको टेण्डर आगामी हप्ता, जग्गा मुआब्जको सुचना शुक्रबार जारी गर्दै



काठमाडौं । जग्गा अधिग्रहणमा समस्या भए पछि स्थगित भएको लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको बोल कबोल आगामी हप्ता हुने भएको छ ।

उक्त रेलमार्गको लागि केही समय अगाडीनै बोलकबोल (टेण्डर) गर्ने भनिए पनि जग्गा अधिग्रहणको काम सम्पन्न नभए पछि स्थगित गरेको रेल विभागगका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

लालबन्दी देखी निजगढसम्मको ट्रयाकबेल्टको लागि विभागले फागुन १०–१५ गते भित्रै टेण्डर आब्हान गर्ने तयारी गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको मुआब्ज लगायतका काम सम्पन्न गरेर मात्रै टेण्डर गर्न निर्देशन दिए पछि सो टेण्डर स्थगित भएको थियो ।

विभागका महानिर्देशक मिश्रका अनुसार बिहीबार या शुक्रबार रौतहटका प्रमुख जिल्ला अधिकारीले एक सुचना जारी गर्ने छ । उक्त सुचनाको आधारमा जग्गाको मुआब्जको काम समयमै सम्पन्न गर्ने र उक्त रेल मार्गको टेण्डर आह्वान गर्ने छ ।

विभागका अनुसार लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर ट्रयाकबेल्टको लागि टेण्डर हुनेछ । उक्त क्षेत्रको ट्रयाकबेल्ट निर्माणको लागि भने करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको समेत उनले जानकारी दिए ।

पहिलो पटक स्थगित भए पछि अव दोस्रो चरणमा भने जग्गाको मुआब्ज तथा चितवन राष्ट्रिय निकुञ्जको काम सम्पन्न भए पछि मात्रै टेण्डर हुने मिश्रले बिजखबरलाई बताए ।

निकुञ्जभित्रबाटै रेल मार्ग निर्माण गर्दा रुख कटान गर्नु पर्ने भए पछि विभागले विकल्पमा रोजेको स्थलमार्गको डिपीआर सुरु गर्ने भएको छ । उक्त डिपीआर सम्पन्न गर्न करिब १०–११ महिना लाग्ने मिश्रले जानकारी दिएका छन ।

मंगलबार भौतिक योजना तथा यातायात मन्त्रालयले दुईओटा रेल सेट खरिदको लागि अन्तिम स्वीकृति दिएसँगै अबको केही दिन देखिनै जनकपुर कुर्था रेलमार्ग संचालनमा आउने भएको छ ।
विभागले यस अघिनै उक्त रेलमार्गमा रेल संचालनको लागि कर्मचारी छनौट प्रकृया सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL