Logo

काठमााडौं महानगरमा थपिए ५ ब्रुमर, यसरी तालिका बनाएर गरिँदै छ काठमाडौं सफाई

काठमााडौं महानगरमा थपिए ५ ब्रुमर, यसरी तालिका बनाएर गरिँदै छ काठमाडौं सफाई



काठमाडौं । काठमााडौं महानगरपालिकाले ६ महिना अघि गरेको प्रतिवद्धता अनुसार ५ ओटा ब्रुमर संचालनमा ल्याउने भएको छ । करिव ११ करोड रुपैयाँमा ईटालीबाट ल्याईएका सो ब्रुमरहरु अर्काे हप्तासम्म संचालनमा ल्याउन लागिएको हो ।

laxmi

१ हप्ता अघिमात्रै ईटालीबाट ल्याईएकाले ५ ओटा ब्रुमरहरु ईटालीकै डेलुगो कम्पनीले उपलब्ध गराएको काठमाडौं महानगरपालिकाका मेकानिकल ईन्जिनियर प्रमोद डंगोलले जानकारी दिए ।


उनका अनुसार हाल ती ब्रुमरहरुको प्राविधिक काम भईरहेको छ । पार्टपुर्जाहरु जोड्ने काम सम्पन्न भईसकेपछि महानगरपालिकाका विभिन्न वडामा समय तालिका अनुसार उक्त ब्रुमरहरु संचालनमा ल्याई सडकको धुलो उठाउने कामपाले जानकारी दिएको छ ।

कामपाका सुचना अधिकारी बसन्त आचार्यका अनुसार आगामी हप्ताभित्रै संचालनमा ल्याउने भनिएका उक्त ब्रुमरहरुको मूल्य भने १० करोड ८९ लाख रुपैयाँ अर्थात ७ लाख ६२ हजार ४ सय ७० युरो परेको हो ।


कामपाले गत असोजमा ६ महिनाभित्र उक्त ब्रुमर ल्याउने घोषणा गरेको थियो । सोही अनुसार इटालीको डेलुगो कम्पनीको सहकार्यमा ल्याइएको हो । सो ब्रुमर खरिदका लागि कामपा र केही मात्रामा अर्थमन्त्रालयको पनि बजेट परेको छ ।


कामपामा हाल सडक सफाईकै लागि ५ ओटा जेट मेसिन र ३ ओटा ब्रुमर संचालनमा छन । ५ ओटा ब्रुमर थपसँगै काठमाडौंका सडकमा धुलो सफा गर्न ८ ओटा ब्रुमर र ५ ओटा जेट मेसिन संचालनमा आउने भएकोे छ ।


‘धेरै संख्यामा ब्रुमर र जेट मेशिन संचालन गरेपनि सडक विभाग र मेलम्ची खानेपानी आयोजनाले सडक खन्ने र समयमै सडक टाल्ने काम नगरिदिनाले सडकमा हिलो र धुलो जम्मा हुने गरेको छ,’ कामपाका ईन्जिनियर पुरुषोत्तम शाक्यले भने, ‘वहाँहरुले सडकको ब्यवस्थापन राम्रोसँग गरिदिए मात्रै काठमाडौंको प्रायजसो सडक राम्रो हुनेछ ।’ यस्तै नयाँ घर बनाउनेहरुले सिमेन्ट, बालुवा, ईट्टा लगायतका सामग्री सडकमै फालीदिनाले त्यसको प्रत्यक्ष दोस कामपामा आउने गरेको उनका भनाई छ ।


कामपाले गत असोजमा मात्रै ढल सफा गर्न तथा सडकको धुलो बसाल्नका ५ ओटा जेट मेशिन संचालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL