Logo

सशस्त्र प्रहरीका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अन्तिम चरणमा, बैशाखसम्म सम्पन्न हुने

सशस्त्र प्रहरीका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अन्तिम चरणमा, बैशाखसम्म सम्पन्न हुने



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना संरचनाहरुको ९२ प्रतिशत भन्दा बढी पुनर्निर्माण सम्पन्न गरेको छ ।

आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुननिर्माण सम्बन्धी आर्थिक बर्ष २०७५र०७६ को प्रगति प्रस्तुत गर्दै बलका बरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले पुनर्निर्माण कार्य संचालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिएका हुन ।

पुनर्निर्माण सम्पन्न भएका संरचनाहरुमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन् ।

थापाका अनुसार पुनर्निर्माण सम्पन्न हुन आँटेका दुई संरचनामध्ये बाँकी नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल यु.एन. शान्ति स्थापना तालिम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नंं.४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको फिनिसिङ कार्य भैरहेको छ । यी संरचनाको आगामी बैशाखभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने थापाले जानकारी दिएका छन ।

बलको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नं. १८ गणको हेर्डक्वार्टरमा रहेका २ वटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बंगलामुखीस्थित नं १९ गणको हेडक्र्वाटरको भवन पुनर्निर्माण गर्न करिब ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको पनि थापाले बताए ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्दार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा आउनसक्ने विपद्पछिको उद्दार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने संस्थाका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई पूर्णता दिन प्राधिकरणले यथासंभव सहयोग गर्ने जानकारी दिएका छन ।

सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL