Logo

मदिरा व्यवसायी महासंघको आफ्नै भवन, २ करोड लागतमा यस्तो बन्दैछ आधुनिक कम्प्लेक्स

मदिरा व्यवसायी महासंघको आफ्नै भवन, २ करोड लागतमा यस्तो बन्दैछ आधुनिक कम्प्लेक्स



काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघले आफ्नै भवन बनाउने भएको छ । २२ बर्षदेखि भाडामा बस्दै आएको महासंघले अबका दिनमा काठमाडौंमा आफ्नै कम्प्लेक्स बनाउन लागेको हो ।

२ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित महासंघले उक्त कम्प्लेक्स निर्माणको लागि मंगलबार महासंघका अध्यक्ष कृष्ण नेपालले जग खनेर पूजा गरेका थिए । सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सन्तोषकुमार पाण्डे, निवर्तमान अध्यक्ष नविनलाल श्रेष्ठ, काठमाडौं जिल्लाका अध्यक्ष तथा महासंघका उपाध्यक्ष सोनाम शेर्पा, पाटन जिल्लाका अध्यक्ष निरु थापालगायतका व्यवसायीहरुको उस्थिती रहेको थियो ।

भवन निर्माणका लागि महासंघले काठमाडौंको बालाजुमा २०५८ सालमा जग्गा खरिद गरेको थियो । महासंघको आफ्नै जग्गा भएपनि रकम अभावका कारण लामो समयदेखि भवन बनाउन सकेको थिएन । ‘हामीले महासंघको आफ्नै भवन हुनुपर्छ भनेर मै अध्यक्ष भएको समयमा काठमाडौंमा जग्गा किनेका थियौं,’ पाण्डेले भने, ‘तर, रकम अभावका कारण बनाउन सकिएको थिएन अब सबै व्यवसायीको सहयोगमा निर्माण गर्न लागेका छौं ।’

महासंघले सो भवन करिव २ करोड रुपैयाँको लागतमा निर्माण गर्ने लक्ष्य लिएको छ । जसका लागि मदिरा उद्योगी, जिल्लागत मदिरा व्यवसायी संघ र सम्बद्ध मदिरा व्यवसायीबाट सो रकम संकलन गरी उक्त भवन निर्माण गरिने समेत पाण्डेले जानकारी दिए ।

जग पूजाको दिन सहयोग स्वरुप ललितपुर मदिरा व्यवसायी संघका अध्यक्ष थापाले १ लाख ५१ हजार रुपैयाँको चेक महासंघलाई हस्तान्तरण गरेका थिए । साथै अन्य जिल्ला संघबाट पनि सहयोग संकलन भइरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL