Logo

मेलम्ची खानेपानी आयोजना र एडीबीबीच छलफल, सिएमसीलाई माघ १९ सम्म कुर्ने

मेलम्ची खानेपानी आयोजना र एडीबीबीच छलफल, सिएमसीलाई माघ १९ सम्म कुर्ने



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अबको काम कसरी अगाडी बढाउने भनेर एशियाली विकास बैंक (एडीबी) सँग नियमित छलफल गरेको छ ।

आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार दातृ निकाय एडीबीसँगको छलफलमा ठोस निश्कर्ष नभए पनि अबको दिनमा कसरी अगाडी जाने भन्ने बारे गम्भिर छलफल भएको हो ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला मुख्य ठेकेदार इटालियन कम्पनी सिएमसी भागे पछि आयोजनालाई कसरी अगाडी बढाउने भन्नेबारे एडीबीसँग छलफल भईरहेको पन्तले जानकारी दिए ।

‘एडीबीले गम्भिर चासो लिएको छ । सिएमसीलाई अब हामी केही दिन अझै कुर्छौं,’ पन्तले भने, ‘आयोजनाको नियमानुसार लामो समय सम्म सम्पर्कमा नआए पछि करिब १४ दिन अगाडीनै खारेजी पत्र (टर्मिनेशन लेटर) पठाउनु पर्ने भएकाले हामीले सो पत्र पठाएका छौं । यदि उक्त समय भित्र आए भने उसले काम गर्न पाउनेछ नत्र भने हामी आफ्नै ढङ्गबाट अगाडी बढ्छौं’, पन्तले बिजखबरलाई बताए ।

आयोजनाले सिएमसीलाई आईतबारनै टर्मिनेशन लेटर पठाईसकेको छ । सोही पत्र अनुसार माघ १९ गते सम्म पनि ठेकेदार आयोजना स्थल नफर्केमा आयोजनाले आफ्नै तरिकाले काम अगाडी बढाउने छ ।

अहिले मुख्य सुरुङमार्गको करिब ४ सय मिटर अन्तिम फिनिसिङ र ८ सय ८० मिटर कंक्रिट भुई ढलान, साथै मुख्य द्धार लगायतका काम सम्पन्न गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL