Logo

प्राधिकरणको आगामी लक्ष्य र कार्ययोजना पारित, २ वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने

प्राधिकरणको आगामी लक्ष्य र कार्ययोजना पारित, २ वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुर्नस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ ।

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले आगामी २ वर्ष भित्र तिनै तहका सरकारसँग सहकार्य गरि भूकम्पसम्बन्धी अन्तरराष्ट्रिय स्तरको संग्रहालय तथा अनुसन्धान केन्द्र स्थापना सम्बन्धी गृहकार्य अघि बढाउने भएको छ ।

प्राधिकरणले पुर्नस्थापनाका बाँकी कार्यहरु दुई वर्ष भित्रमा सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन ।

उनले पेश गरेका आगामी कार्ययोजना अनुसार आर्थिक वर्ष २०७४÷७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष ०७५÷७६ भित्र सम्पन्न गरिनेछ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प गएलगत्तै पुनर्निर्माण भएका घरहरुलाई एकमुष्ट तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउनका लागि प्रकृयालाई सहज बनाएर अघि बढने निर्णय भएको जानकारी दिएका छन ।

यस्तै, आगामी लक्ष्य अनुसार गुनासो सुनुवाई, भूमिहिन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीसँग सम्बन्धीत लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष २०७६÷७७ भित्र सम्पन्न गरिनेछ ।

सामाजिक आर्थिक पुर्नस्थापनामा सबै स्थानीय तहमार्फत कार्यक्रम संचालनका लागि विश्व बैंक समक्ष कार्यक्रम प्रस्तावित गर्ने र भूकम्पका कारण अंगभंग भएका, अपाङ्ग, एकल परिवार, वृद्ध वृद्धा तथा घरबारविहीन बालबालिकाका लागि सामाजिक पुर्नस्थापना सम्बन्धी विशेष कार्यक्रम संचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL