Logo

सिएमसीलाई रातो कार्पेट विछ्याएर बोलाउनुको कुनै अर्थ छैन : आयोजना प्रमुख कंडेल

सिएमसीलाई रातो कार्पेट विछ्याएर बोलाउनुको कुनै अर्थ छैन : आयोजना प्रमुख कंडेल



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले मुख्य ठेकेदार कम्पनी सिएमसीलाई मात्रै एक हप्ताको लागि समय दिएको छ । आयोजनाले एक हप्ता भित्र पनि नआए सरकारको निर्णय लिएर काम अगाडी बढाउने आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिएका छन ।

आयोजना प्रमुख कंडेलका अनुसार सरकार अवको दिनमा २ तरिकाले अगाडी बढन सक्ने बताएका छन । सार्वजनिक खरिद प्रकृया अनुसार टेण्डर मार्फत जाने कि विशेष परिस्थिति मार्फत जाने हो त्यो भने सरकारमै भर पर्छ उनले भने ।

सिएमसी भने कम्पनी टाँट पल्टे पछि क्रिसमस मनाउने भन्दै डिसेम्बर अन्तिममा ईटाली फर्केको थियो । कम्पनीका मुख्य ठेकेदार इटालीबाट नफर्के पछि आयोजनाले विकल्पको तयारी समेत थालेको कंडेलले जानकारी दिएका हुन ।

केही दिन अगाडी मात्रै कम्पनीले आयोजनालाई एक पत्र पठाउँदै न्युट्रल रहेको देश सिंगापुर या लण्डनमा बार्ताको लागि बोलाईएको छ । तर ति क्षेत्रमा नगई आयोजनाले भने आयोजनास्थलमै बार्ता हुनु पर्ने बताएका छन ।

ति क्षेत्रमा गएर वार्ता गर्नुको कुनै औचित्य नभएको र तिनिहरुले भने बमोजिम अर्को ठेकेदार नियुक्त गर्नलाई नेपालमै बसेर पनि गर्न सकिने कंडेलको भनाई रहेको छ ।

कंडेलका अनुसार नेपाली पक्षलाई त्यस क्षेत्रमा बार्ताको लागि बोलाउनुको मूख्य उद्देश्यनै उनिहरुले नेपाल आएर काम नगर्ने लक्षण हो । ‘अव उनिहरुले काम गर्न नसक्ने भन्दै भाग्न लागे पछि पनि सरकारले अझै उनिहरुलाईनै रातो कार्पेट विछ्याएर बोलाउनुको कुनै अर्थ छैन’, कंडेलले भने ।

आयोजनाको काम भने करिब ४ प्रतिशत मात्रै बाँकी रहेको अवस्थामा मुख्य ठेकेदारनै भागे पछि सरकारले आफ्नै तरिकाले काम गर्नु पर्ने समेत कंडेलको भनाई रहेको छ । काठमाडौंबासीलाई छिटो भन्दा छिटो मेलम्चीको पानी खुवाउने हो भने सरकाले सिएमसीको बैंक जमानतमा रहेको रकम जफत गरि काम अगाडी बढाउनु पर्छ कंडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL