Logo

सुस्त गतिमा अघि बढ्दै राष्ट्रिय गौरवको आयोजना, सरकारकै कारण हुँदैन समयमै सम्पन्न

सुस्त गतिमा अघि बढ्दै राष्ट्रिय गौरवको आयोजना, सरकारकै कारण हुँदैन समयमै सम्पन्न



काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले हाल सम्म ७ सय १८ ओटा आयोजनाको प्राविधिक परीक्षण गरेको छ । मंगलबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै केन्द्रका प्रमुख विष्णु ओम बादेले सो कुरा बताएका हुन ।

साथै उनले जहाँ भिडभाड हुन्छ त्यहाँ पनि विचौलिया पसेको भन्दै त्यस्ता स्थानहरुमा सेवाग्राहीलाई सहि ढङ्गले सेवा प्रवाह गर्न समेत निर्देशन दिईरहेको जानकारी दिएका छन ।

राष्ट्रिय गौरवको आयोजनाको विषयमा बोल्दै उनले हर क्षेत्रमा कामहरु ढिलाई भएको समेत जानकारी दिएका छन । तर ति क्षेत्रहरुमा के कारणले काम ढिलाई भएको हो सो बारे भने खुलाएका छैनन ।

समितिका सदस्य जिपछिरिङ लामाले भने कुनै पनि आयोजना सम्झौता भए पनि समयमै सम्पन्न नहुनुमा सरकारनै दोषी रहेको बताएका छन । त्यस्तै सांसद गौरीसंकर चौधरीले भने ठूला आयोजना मात्रै नभएर साना आयोजना पनि सम्पन्न नभएको र भएका काम पनि गुणस्तरहिन काम भएको आरोप लगाएका छन ।

समितिका सदस्यहरुले सतर्कता केन्द्रले त्यस्ता आयोजनाहरुको नियमित छड्के जाँच गर्न समेत माग गरेका छन तर केन्द्र प्रमुखले भने सो काम आफूहरुले गर्न नसक्ने भन्दै सम्बन्धितले नै गर्नु पर्ने जानकारी दिएका हुन ।

समिति सदस्य गणेश पहाडीले भने ‘लागत बढ्दै जानु नेपाली आयोजनाको महारोग हो’ भन्दै हरेक आयोजना प्रदेश देखी केन्द्र सम्म स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने धारणा राखेका छन ।

समिति सभापति कल्याणि खड्काले भने संरचना मात्रै बनाएर भ्रष्टचर न्युनिकरण गर्न सकिन्छ कि कार्वान्वयन गरेर न्युनिकरण गर्न सकिन्छ भन्दै प्रश्न राखे पछि प्रमुख बादेले उजुरी आईसके पछि मात्रै आफुहरुले काम कारवाही गर्ने गरेको जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL