Logo

एप्रोच सडक नबन्दा धोविखोला पुल संचालनमा वाधा, केयुकेएलले दियो धोका

एप्रोच सडक नबन्दा धोविखोला पुल संचालनमा वाधा, केयुकेएलले दियो धोका



काठमाडौं । तिनकुने माईतीघर सडकखण्डस्थित धोविखोला पुलको एप्रोच रोडको काम सकिनैलाग्दा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सडक खनिदिएको छ ।

उक्त एप्रोच सडकको सबै काम सम्पन्न गरेर पीच गर्न बाँकी रहँदा केयुकेएलले उक्त सडक भत्काएर मेलम्ची आयोजनाका लागि खानेपानीको पाईप विछ्याएको हो । पुलसम्म जोड्नलाई सडककमा तहतहको कम्प्रेसन गरेर पीच गर्न मात्रै बाँकी रहँदा सोही एप्रोच रोडबाटै खानेपानीको पाईप विछ्याउँदा एप्रोच रोड पुनः बनाउनु पर्ने आयोजनाका डिभिजिनल इन्जिनियर विश्व विजयलाल श्रेष्ठले जानकारी दिए ।

उनले एप्रोच सडक नबनाउँदै खानेपानीको पाईप विछ्याउन केयुकेएललाई विभिन्न समयमा आह्वान गरिएपनि सुनुवाई नभएपछि आफुले एप्रोच सडकको काम अघि बढाएको बताए । यस्तै उक्त एप्रोच सडकको काम अन्तिम रुपमा पुगेको अवस्थामा खानेपानी लिमिटेडले सोहि स्थानबाट पाईप विछ्याउनका लागि कम्प्रेसन गरिएको सडक भत्काईदिएपछी काम पुनः सुरु गर्नुपर्ने भएको हो ।

आयोजनाले केयुकेएलले पहिले उक्त पाईपको मुख्य चावि नचाहिने र पुरेपनि हुने भनेपछि पाईप पुर्दै काम अघि बढाएको थियो । तर, काम अघि बढाएपछि केयुकेएलले सो चावी चाहिने भन्दै समस्या सिर्जना गरेपछि आयोजनाका काम रोकिएको थियो ।

२०७४ माघमै काम सम्पन्न गरिसक्नु पर्ने उक्त पुलको काम हाल एकपट्टीको ९९ प्रतिशत भएपनि एक पट्टीको भने फाउन्डेशनको काम भइरहेको छ ।

उक्त पुलको म्याद गत बर्ष माघ सम्मको थियो । विभिन्न समयमा काममा भएको आलटालले पुल निर्माणमा ढिलाई भएको हो । धोविखोलाको दक्षिणपट्टीको पुलको काम दशै अघि नै सम्पन्न गरिसक्ने भनिएपनि एप्रोच सडककै बारेमा केयुकेएल र आयोजनाबीच विवाद हुँदा काममा ढिलाई भएको ईन्जिनियर श्रेष्ठ बताउँछन । तर केयुकेएलले खानेपानीका पाईप विछ्याईसकेकाले अव एप्रोच सडकको काम सुरु गर्ने श्रेष्ठले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL