Logo

मेलम्ची आयोजना, जापानिज कारको गतिमा दौडिरहेको छ : प्रम ओली

मेलम्ची आयोजना, जापानिज कारको गतिमा दौडिरहेको छ : प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तिब्र गतिमा दौडीरहेको बताएका छन । उनले ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’ को बिहीबार शिलान्यास गर्दै सो कुरा बताएका हुन ।

मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीब्रता लिएको र समयमै यसले पूर्णता पाउने बताउँदै आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार रहेको समेत जानकारी दिएका छन ।

२७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको आयोजनाको काम अहिले जापानिज कार जस्तै दौडिएको बताउँदै सामान्य गतिरोधले फरक नपर्ने बताएका हुन ।

त्यस्तै खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा निर्देशनालय र मन्त्रालयले दुरदर्शिताका साथ काम गरिरहेको बताएकि छिन ।

‘मेलम्चीको पानी काठमाडौंका जनतालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्णरुपले क्रियाशील रहेको छ’, उनले भनिन । इटालियन ठेकदारले काम रोके पनि मन्त्री मगरले भने पछिल्लो समय मेलम्चीले सकारात्मक दिशा लिइरहेको बताउँछिन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL