Logo

सिएमसीको धरौटी रोक्न उच्च अदालतको निर्देशन, अब कसरी अघि बढ्ला मेलम्ची !

सिएमसीको धरौटी रोक्न उच्च अदालतको निर्देशन, अब कसरी अघि बढ्ला मेलम्ची !



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिना (सिएमसी) को धरौटी रोक्का हुने भएको छ ।

सिएमसीले काम छोडेको करिब ११ दिन पछि उच्च अदालत पाटनले बिहीबार आयोजनाको पक्षमा आदेश दिँदै ठेकेदार कम्पनीको धरौटी रोक्का गर्न आदेश दिएको हो ।

ठेकेदार कम्पनी भाग्न खोजेपछि आयोजनाले नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको धरौटी रकम रोक्का गर्ने गरेको थियो । उक्त निर्णय पछि सो रकम फिर्ता पाउँ भन्दै सिएमसीले उच्च अदालत पाटनमा आयोजनाको विरुद्धमा रिट दायर गरेको थियो ।

तर अदालतले भने आयोजनाकै पक्षमा सुनुवाई गर्दै उक्त रकम रोक्का गर्न आदेश दिएको छ । खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने अदालतको आदेशसँगै मेलम्चीको आयोजनामा सिएमसीले काम गर्ने या नगर्ने भन्ने विषयमा अहिले बोल्न नमिल्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL