Logo

मोनोरेल संचालनमा अघि बढ्यो महानगर, डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्दै

मोनोरेल संचालनमा अघि बढ्यो महानगर, डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल संचालन गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ ।

२ बर्ष अघि कुरा उठाईएको उक्त परियोजनाको डिपिआर निर्माण गर्नका लागि बुधबार कामपाले निनियाँ कम्पनी ‘चाईना रेलवे २५ औं ब्युरो ग्रुप’सँग सम्झौता गर्ने भएको हो ।

यसभन्दा अघि काठमाडौको रिङरोडमा मोनोरेल गुडाउनका लागि विस्तृत परियोजना अध्ययन डिपिआरका लागि कम्पनी छनौट प्रक्रियामा विवाद भएको थियो ।

काठमाडौंको रिङरोडमा चलाउने भनिएको उक्त मोनोरेलको कुरा भने सन २०१६ मै उठेको थियो ।

डिपिआर निर्माणमै विभिन्न विवाद आएपछि कामपाले भने उक्त मोनोरेलको डिपिआर प्रतिवेदन निर्माण गर्न चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL