Logo

जयनगर कुर्थामा पुनः भाडाकै रेल संचालन गर्ने विभागको तयारी, रेल खरिद प्रक्रिया पछि धकेलियो

जयनगर कुर्थामा पुनः भाडाकै रेल संचालन गर्ने विभागको तयारी, रेल खरिद प्रक्रिया पछि धकेलियो



काठमाडौं । रेल विभागले भारतको जयनगर देखी जनकपूरको कुर्थासम्म भाडाकै रेल संचालन गर्नेे तयारी गरेको छ । रेल विभागले तत्कालै रेल खरिद गर्ने प्रकृयालाई स्थगित गर्दै सो रेल मार्गमा भाडाकै रेल संचालन गर्ने भएको हो ।

जयनगर देखी कुर्थासम्म रेल संचलनको लागि तत्काल रेल खरिद गर्दा ढिला हुने भए पछि भाडामै ल्याएर संचालनको प्रकृया अगाडी बढाएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

विभागले यस अघि दुईवटा रेल खरिद गरेर संचालन गर्ने भनिए पनि पुनः भाडाकै रेल संचालन गर्ने जानकारी दिएको छ । विभागले आफ्नो निर्णय परिवर्तन गर्दै तत्काललाई भाडाको रेल संचालन गर्ने भएपछि रेल खरिद गर्ने प्रकृया केही समयको लागि थन्किने भएको छ ।

विभागले भारतीय रेल मन्त्रालयसँग रेल खरिदका लागि प्रकृया अगाडी बढाए पनि अडर गरेको करिब एक वर्ष पछि मात्रै रेल आईपुग्ने भए पछि विभागले भाडाकै रेल संचालनमा ल्याउन लागेको हो ।

जयनगर देखी कुर्थासम्मको ३५ किलो मिटर ब्रोडगेज रेलमार्गको काम अन्तिम चरणमा आईसके पछि विभागले रेल भाडामा ल्याउने तयारी गरेको हो । भाडामा रेल संचालन गरेपनि खरिद प्रकृया पनि अघि बढाईने मिश्रले जानकारी दिए ।

अहिले जयनगर देखी कुर्थासम्मको ब्रोडगेज रेलमार्ग निर्माणको लगभग अन्तिम चरणको काम भईरहेको जनकपूरका इन्जिनियर बिनोद ओझाले जानकारी दिएका छन । उनका अनुसार अहिले पेन्टिङ र फूलबुट्टा भर्ने काम मात्र बाँकी रहेकाले अबको केही समयमा सो रेलमार्ग संचालनको लागि तयार हुने बताए ।

विभागले भने दक्ष जनशक्ति रेल भारतकै भए पनि त्यसको सम्पूर्ण जिम्मा भने नेपालकै रहने बताएका छन । यस अघि भाडाको रेल संचालन नगर्ने ढिलै भए पनि आफ्नै रेल खरिद गरेर संचालन गर्ने विभागले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL