Logo

मेलम्चीमा ठेकेदार र आयोजनाबीच विबाद, रकम नदिए काम रोक्ने ठेकेदारको चेतावनी

मेलम्चीमा ठेकेदार र आयोजनाबीच विबाद, रकम नदिए काम रोक्ने ठेकेदारको चेतावनी



काठमाडौं । मेलम्ची खाने पानी आयोजनामा ठेकेदार र आयोजनाबीच विबाद चलेको छ । आयोजनाले ठेकेदार कम्पनीलाई समयमै रकम निकासी नगर्दा विबाद भएको हो ।

मेलम्ची स्थित ठेकेदार कम्पनी इटालियन को अपरेटिभ मुरातोरी एण्ड सिमेन्स्टिस्टी सिएमसीले मुख्य हेडबक्सको चट्टान फुटाउँदा लागेको रकम नदिएको भन्दै काम अगाडी नबढाए पछि विबाद बढेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले ठेकेदारलाई समयमै रकम उपलब्ध नगराएकाले सामान खरिद गर्न नसकेको भन्दै काममा ढिलाई गरिरहेको आयोजनाका सिनियर डिभिजन ईन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिएका छन ।

केही समय अगाडीनै आयोजनालाई ठेकेदार कम्पनीले समयमै रकम नबुझाए सम्पूर्ण निर्माण कार्यनै बन्द गर्ने चेतावनी सहितको पत्र समेत आईसकेको पन्तले जानकारी दिएका छन । तर यस बारे आयोजनाले भने अध्ययन समितिको प्रतिवेदन पछि मात्रै ठेकेदारलाई कति रकम दिनु पर्ने हो भन्ने निक्र्यौल हुने पन्तले जानकारी दिएका हुन ।

आयोजनाले मुख्य हेडबक्स फुटाउँदा लागेको रकम लगायत गरि ३५ करोड रुपैयाँ दिने गरि कन्ट्रयाक्टर तथा आयोजनाबीच विबाद मिलाउने (डिसबुटबाट) निर्णय भए पनि आयोजनाले भने सो रकम अझै नदिएको भन्दै काममा ढिलाई गरेको हो ।

खानेपानी मन्त्रालयका सचिब गजेन्द्र ठाकुरले २ महिना भित्रै मेलम्चीको पानी काठमाडौंबासीलाई वितरण गर्ने भनिएको एक हप्ता नविद्दै ठेकेदार कम्पनीले काममा अवरोध पुर्याएको आयोजनाका ईन्जिनियर पन्तले जानकारी दिएका छन । उनका अनुसार ठेकेदारले अहिले सामान किन्न पर्याप्त रकम नभएको भन्दै काममा ढिलाई गरिरहेको छ ।

आयोजनाले भने डिसबुटले गरेको निर्णय चित्तबुझ्दो नभए पछि पुन छानविन गर्न एक अध्ययन समिति गठन गरि काम गरिरहेको समेत पन्तले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL