Logo

चीनले बुझायो केरुङ–काठमाडौं रेलमार्ग प्रारम्भिक अध्ययन प्रतिवेदन, २६ गते मोडालिटीमा टुङ्गो लगाइने

चीनले बुझायो केरुङ–काठमाडौं रेलमार्ग प्रारम्भिक अध्ययन प्रतिवेदन, २६ गते मोडालिटीमा टुङ्गो लगाइने



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाएको छ ।

आजबाट काठमाडौंमा सुरु भएको सचिबस्तरिय केरुङ–काठमाडौं बैठकमा सहभागि हुन काठमाडौं आईपुगेका नेशनल रेल्वे अथोरिटी चाइनाको उपप्रशासक आन लुसुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब मधुसुदन अधिकारीलाई सो प्रतिवेदन बुझाएको हो ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी चीनले तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

उनका अनुसार आज सोही विषयमा सामान्य छलफल मात्रै भएको र २५ र २६ गते सम्ममा भने उक्त रेलमार्गको मोडालिटीमा समेत टुङ्गो लाग्ने भएको छ ।

आजबाट सुरु भएको उक्त छलफलमा नेशनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासक आन लुसुङको टोलि तथा नेपाल सरकारको तर्फबाट मन्त्रालयको सचिब मधुसुदन अधिकारीको टोलिबीच छलफल भएको मिश्रले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL