Logo

काठमाडौंमा सुरु भयो केरुङ–काठमाडौं रेलमार्ग निर्माणको छलफल, मोडालिटीमा टुङ्गो लगाईने

काठमाडौंमा सुरु भयो केरुङ–काठमाडौं रेलमार्ग निर्माणको छलफल, मोडालिटीमा टुङ्गो लगाईने



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ ।

२ दिन सम्म चल्ने उक्त छलफलमा चिनियाँ टोलीले यस अघि अध्ययन गरेको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने तथा अवको दिनमा के कसरी जाने भन्ने विषय मूख्य छलफलको विषय रहेको मन्त्रालयको बैदेशिक महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार भोलि सम्ममा उक्त रेलमार्गको मोडालिटीमा समेत टुङ्गो लगाईने भएको छ ।

सचिवस्तरिय छलफलको लागि चिनियाँ टोली आईतबारनै काठमाडौं आईसकेको छ । अहिले ११ बजेबाट सुरु भएको उक्त छलफलमा नेशनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासक आन लुसुङको टोलि तथा नेपाल सरकारको तर्फबाट मन्त्रालयको सचिब मधुसुदन अधिकारीको टोलिबीच छलफल हुने मन्त्रालयले जानकारी दिएको छ ।

गत जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरुले रेल विभागको संयोजकत्वमा उक्त रेलमार्गको प्रारम्भिक अध्ययन सुरु गरेका थिए । केरुङ काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्ने र निर्माण अवधि भने करीव ९ बर्ष लाग्ने अनुमान गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL