Logo

केरुङ–काठमाडौं रेलमार्गको छलफल गर्न चिनियाँ टोली काठमाडौंमा, मोडालिटीमा टुङ्गो लगाईने

केरुङ–काठमाडौं रेलमार्गको छलफल गर्न चिनियाँ टोली काठमाडौंमा, मोडालिटीमा टुङ्गो लगाईने



काठमाडौं । चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गबारे गरेको अध्ययन प्रतिवेदन बुझाउन तथा निर्माणबारे छलफल गर्न आज काठमाडौं आउने भएको छ ।

सोमबार तथा मंगलबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठकमा सहभागी हुन चिनियाँ टोली आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने रेल विभागका सिनियर डिभिजन इन्जिनियर देबकुमार तामाङले जानकारी दिएका छन ।

केरुङ–काठमाडौं रेलमार्गबारे आगामी दिनमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल गर्न नेशनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासक आन लुसुङको नेतृत्वमा १५ जनाको टोली आज काठमाडौं आईपुग्ने भएको हो । गत जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरुले रेल विभागको संयोजकत्वमा उक्त रेलमार्गको प्रारम्भिक अध्ययन सुरु गरेका थिए ।

टोलीले उक्त रेलमार्गबारे गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै आगामी दिनमा उक्त परियोजनालाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे समेत छलफल हुने तामाङले जानकारी दिएका छन ।

केरुङ काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्ने र निर्माण अवधि भने ९ वर्षको रहने अनुमान गरिएको छ । सचिवस्तरीय बैठको छलफल पछि रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, मोडेल लगायतको विषयमा टुङ्गो लाग्ने सक्ने तामाङले जानकारी दिएका छन ।

छलफल पछि उक्त टोली स्थलगत भ्रमणमा जाने र बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL