Logo

गफमै सिमिति जयनगर कुर्था रेल संचालन, डेडलाईनभित्र संचालनमा नआउने पक्का

गफमै सिमिति जयनगर कुर्था रेल संचालन, डेडलाईनभित्र संचालनमा नआउने पक्का



काठमाडौं । भारतको जयनगर देखी जनकपूरको कुर्थासम्म संचालनमा ल्याउने भनिएको रेल डिसेम्बर १८ भित्र संचालनमा नआउने भएको छ ।

यस अघि रेल विभागले डिसेम्बर १८ देखी सर्वसाधरणले चढ्न पाउने गरी संचालनमा ल्याउने बताउँदै आएको थियो । तर जयनगर देखि कुर्थासम्मको ३५ किलो मिटर ब्रोडगेजको रेलमार्ग निर्माणको अन्तिम चरणमा पुगे पनि उक्त रेल मार्गमा भाडामा रेल संचालन गर्ने वा आफ्नै रेल संचालन गर्ने भन्ने विषय टुङ्गो नलागेकाले तोकिएको मिति भित्र रेल संचालन नहुने निश्चित भएको हो ।

विभागले शुरुमा नेपालसँग दक्ष जनशक्ति नभएकाले भारत सरकारको रेल भाडामानै भए पनि संचालन गर्ने बताउँदै आएको थियो । पछि आफ्नै रेल खरिद गरेर संचालन गर्ने बताएको थियो । तर हाल आएर रेल विभाग र यातायात मन्त्रालयबीच रेल भाडामा ल्याउने वा आफै खरिद गरेर संचालन गर्ने भन्ने विषयमा छलफल भईरहेकाले डेटलाईन भित्रै रेल संचालनमा ल्याउन नसकिने मन्त्रालयले जानकारी दिएको छ ।

तर रेल विभागका महानिर्देशक बलराम मिश्रले भने भाडामा रेल संचालन नगर्ने बरु नेपाल आफैंले रेल खरिद गरेर संचालन गर्ने बताउँदै आएका छन । उनले अहिले ५ वटा डिब्बाको दरले २ सेट रेल खरिद प्रकृयामा लागेको बताए पनि मन्त्रालयले भने अहिलेनै यस विषयमा कुरा नटुङ्गिएको जानकारी दिएको छ ।

केही समय अगाडी भने ब्रोडगेज रेलमार्ग विस्तार गरिरहेको भारतीय कम्पनी इर्कन इन्टरनेसनललाई नै भाडामा चलाउन दिनेकी भारतीय सरकारलाई चलाउन दिने भन्ने कुरा चले पनि अन्त्यमा नेपाल आफैंले रेल संचालन गर्ने पक्का भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL