Logo

खानेपानी मन्त्रीको बोलीमाथी सचिवले मागे माफी, २ महिना भित्र काठमाडौंबासीको घरमा आईपुग्ला मेलम्चीको पानी ?

खानेपानी मन्त्रीको बोलीमाथी सचिवले मागे माफी, २ महिना भित्र काठमाडौंबासीको घरमा आईपुग्ला मेलम्चीको पानी ?



काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले २ महिना भित्रमा मेलम्चीको पानी ल्याउने जानकारी दिएका छन ।

यस अघि खानेपानी मन्त्री विना मगरले दशैं अगाडीनै काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्ने बताएकी थिइन् । तर आज सचिव ठाकुरले मन्त्री मगरको प्रतिवद्धता माथी माफी माग्दै संसदको विकास तथा प्रविधि समितिमा अबको २ महिनाभित्र काठमाडौंमा मेलम्चीको पानी ल्याईने बताए ।

‘अवको २ महिना भित्र जसरी पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएर वितरण गर्नेछौ,’ समितिको बैंठकमा उनले ठोकुवा गर्दै भने । साथै उनले मन्त्री मगरले बोलेको कुरालाई समेत माफी माग्दै अव उप्रान्त त्यस्तो ढिला नहुने र डेडलाईन भित्रै पानी वितरण गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL