Logo

दुर्घटना न्युनिकरण गर्न टनेल मनिटरिङ सिस्टम राख्दै मेलम्ची, अझै २ किमी सुरुङ मार्गको फिनिसिङ बाँकी

दुर्घटना न्युनिकरण गर्न टनेल मनिटरिङ सिस्टम राख्दै मेलम्ची, अझै २ किमी सुरुङ मार्गको फिनिसिङ बाँकी



काठमाडौं । पुस भित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्ने भनेको आयोजनाले समयमै पानी वितरण नगर्ने भएको छ ।

बैकल्पिक डाईर्भर्सनबाट मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको आयोजनाले सुरुङमार्गमा (टनेल मनिटरिङ सिस्टम) राख्ने भए पछि समयमै पानी नआउने पक्का भएको हो ।

आयोजनाले मूख्य र सहायक सुरुङमार्गमा दुर्घटना न्युनिकरण गर्न सो सिस्टम राख्न लागेको हो । मूख्य र सहायक सुरुङमार्गमा पानी भरे पछि निरिक्षण गर्नका लागि उक्त सिस्टम राख्ने र सो सिस्टमले ठूलो दुर्घटनाहुनबाट जोगाउने आयोजनाको सिनियर डिभिजन ईन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन ।

दुर्घटनाबाट बच्नको लागि मूख्य र सहायक सुरुङमार्ग (अडिट) २ स्थानको लागि क्यामरा र पे्रसर मिटर जडान गर्न लागेको हो पन्तले भने । मूख्य गरी ग्यालथुम र सिन्धु अडिटमा राख्ने कुरा भए पनि मूख्य र सहायक सुरुङमार्गमा उक्त सिस्टम राख्नु पर्ने पन्तले जानकारी दिएका छन ।

तर सो सिस्टम राख्नको लागि डिजाईनरहरुले डिजाईन गरे पनि सामाग्री ल्याउन भने केहि ढिला हुने पन्तले जानकारी दिएका छन । उनका अनुसार सार्वजनिक खरिद एन अनुसार खरिद गरेर ल्याउन झण्झट हुने भएकाले ढिला हुने उनको भनाई रहेको छ ।

डिजाईनरहरुले डिजाईन गरे अनुसार ग्यालथुम र सिन्धु अडिटमा मात्रै राख्ने कुरा भए पनि अन्य स्थानमा समेत राख्नको लागि माथिल्लो निकायमा कुरा भईरहेको पन्तले जानकारी दिए पनि हाल सम्म कहाँ कहाँ राख्ने भन्ने बिषय टुङ्गो लागि सकेको छैन ।

उनका अनुसार अव सुरुङमार्गको काम १ दशमलब ९ किलो मिटरमात्रै बाँकी रहेकाले छिट्टै काठमाडौंबासीले मेलम्चीको पानी प्रयोग गर्न समेत सकिने जानकारी दिएका छन ।

१६ सय एमएमको स्टिल पाईपलाईन राखेर करिब १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी गरिरहेको आयोजनाले हाल कंक्रिटको काम भईरहेको जानकारी दिएको छ ।

आयोजनाले सुरुङमार्गको भित्र करिब ३८ मिटर भागमा कमजोर चटान रहेकाले सो क्षेत्रमा विशेष ध्यान दिनु पर्ने पन्तले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL