Logo

पौने ५ लाख भुकम्प पीडित अझै टहरामा, ३६९ घरले लिए निर्माण सम्पन्नताको प्रमाणपत्र

पौने ५ लाख भुकम्प पीडित अझै टहरामा, ३६९ घरले लिए निर्माण सम्पन्नताको प्रमाणपत्र



काठमाडौं । भुकम्प गएको ३ वर्ष विति सक्दा पनि निजिआवास पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र लिने ३ सय ६९ घर मात्रै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

हाल सम्ममा ३ लाख २४ हजार ५ सय ८२ घरको पुनर्निर्माण सम्पन्न भए पनि प्राधिकरणले ३ सय ६९ घरलाई मात्रै सम्पन्नताको प्रमाणपत्र वितरण गरको हो ।

२०७२ सालमा गएको विनासकारी भुकम्पबाट क्षति भएका घरहरु मध्ये पुनर्निर्माण गर्नु पर्ने सुचीमा ८ लाख ११ हजार ५ सय ८७ घरधुरी रहेको थियो । जस मध्य हाल सम्ममा ३ लाख २४ हजार ५ सय ८२ घरको मात्रै पुनर्निर्माण सम्पन्न भएका छन भने ५ लाख ६० हजार ३ सय ९१ घरहरु बन्दै गरेको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

प्राधिकरणका तथ्याङअनुसार अति प्रभावित १४ जिल्लामा ७ लाख ११ हजार ४ सय ७३ घरको पुनर्निर्माण गर्नु पर्ने भए पनि हाल सम्म ३ लाख ११ हजार ३ सय २० घरको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी ४ लाख १ सय ५३ घरको पुनर्निर्माण गर्न अझै बाँकी रहेको छ ।

त्यस्तै कम प्रभावित १८ जिल्लाको भने जम्मा १३ हजार २ सय ६२ घरको मात्रै निर्माण सम्पन्न भएको तथ्याङकमा उल्लेख छ । १८ जिल्लाको करिब १ लाख १ सय १४ घरको पुनर्निर्माण गर्नु पर्ने भए पनि १३ हजार २ सय ६२ घरको मात्रै निर्माण सम्पन्न भएको छ ।

प्राधिकरणले यसै वर्ष ८ लाख ११ हजार ५ सय ८७ घरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि हाल सम्म ३ लाख २४ हजार ५ सय ८२ घरको मात्रै पुनर्निर्माण सम्पन्न गरेका छन ।

अति प्रभावित १४ जिल्लामा जम्मा ३ सय ६९ घरले मात्रै निर्माण सम्पन्नताको प्रमाणपत्र लिएको छ भने कम प्रभावित १८ जिल्लाकाले भने एक घरले पनि निर्माण सम्पन्नताका प्रमाणपत्र लिएका छैनन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL