Logo

शुक्रबार ‘जगदम्बा स्टिल एफक्यान एक्सिलेन्स अवार्ड’ हुँदै, ३४ विधामा पुरस्कार दिइने

शुक्रबार ‘जगदम्बा स्टिल एफक्यान एक्सिलेन्स अवार्ड’ हुँदै, ३४ विधामा पुरस्कार दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न विधामा पुरस्कार वितरण गर्ने भएको छ । महासंघले यही शुक्रबार ‘जगदम्बा स्टिल एफक्यान एक्सिलेन्स अवार्ड ’ वितरण गर्न लागेको हो । महासंघको सो एक्सिलेन्स अवार्ड सातौ सस्करण हो ।

महासंघले विभिन्न ३४ विधामा पुरस्कार वितरण गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ महासंघले मुलुकका विकास क्षेत्रहरुमा उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनी, विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी सहित निर्माण व्यवसायमा उल्लेखनीय कार्य गर्ने नेपाली निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदाता कम्पनी, उत्कृष्ट कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट निर्माणमैत्री इन्जिनियर लगायतलाई सम्मान गर्ने भएको छ । यसैगरी निर्माण व्यवसाय क्षेत्रका विषयमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने दैनिक अखबार, रेडियो, टेलिभिजन र अनलाइन मिडियालाई पनि पुरस्कृत गरिने जानकारी दिएको छ ।

महासंघ र जगदम्बा स्टिल्स् प्रालिको संयुक्त आयोजनमा हुन गइरहेको अवार्ड वितरणका लागि प्राध्यापक डाक्टर दिपक भट्टराईको संयोजकत्वमा पुरस्कार तथा सम्मान मुल्यांकन समिति गठन गरिएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शरदकुमार गौचनले विभिन्न वाधा अड्चनकाबीच उत्कृष्ट कार्य गरिरहेका निर्माण व्यवसायीहरुलाई प्रोत्साहित गर्न अवार्ड वितरण गर्न लागिएको बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानले व्यवसायीहरुलाई राज्यले सम्मान नगरेको अवस्थामा महासंघले व्यवसायी तथा सरोकारवाला निकायलाई सम्मान गर्नु उदाहरणीय कार्य भएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL