Logo

सोमबार देखि कालिञ्चोक केवलकार पूर्ण संचालनमा, स्थानीय र विद्यार्थीलाई २० प्रतिशत छुट

सोमबार देखि कालिञ्चोक केवलकार पूर्ण संचालनमा, स्थानीय र विद्यार्थीलाई २० प्रतिशत छुट



काठमाडौं । नेपालकै तेस्रो कालिञ्चोक केवलकार सोमबार देखि पूर्ण संचालनमा आउने भएको छ ।

दशैं अगाडीनै संचालनमा ल्याउने तयारी गरेको उक्त केवलकारको स्वीजरल्याण्डका प्राविधिकहरुले परीक्षण गरे पछि सोमबारबाट संचालनमा ल्याउन लागेको हो ।

कालीञ्चोक दर्शन लिमिटेडले संचालनमा ल्याएको उक्त केबलकारको भाडादर भने ५ सय रुपैयाँ तोकेको छ । भाडादर ५ सय रुपैयाँ रहे पनि कालिञ्चोक वडा नं. १ का स्थानीयबासी, विद्यार्थी र बृद्धहरुका लागि भने २० प्रतिशत छुट हुने संचालक बाल कृष्ण शिबाकोटीले जानकारी दिएका छन ।

उनका अनुसार आयोजनाको कुल अनुमानित लागत ३५ करोड रुपैयाँ रहेको थियो । तर बिभिन्न समस्याले गर्दा आयोजनाको लागत बढेर करिब ४५ करोड रुपैयाँ पुगेको संचालक शिबाकोटीले जानकारी दिएका छन ।

करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको मन्दिरसम्म पुग्न दोलखाको कुरी बजार देखि पैदल यात्रामा १ देखि २ घण्टा लाग्ने बाटो अव ४ मिनेटमा पुग्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL