Logo

जयनगर देखी जनकपुरको कुर्थासम्म आजै रेल आईपुग्ने, डिसेम्बर १८ देखि पूर्णरुपमा संचालनमा

जयनगर देखी जनकपुरको कुर्थासम्म आजै रेल आईपुग्ने, डिसेम्बर १८ देखि पूर्णरुपमा संचालनमा



काठमाडौं । भारतको जयनगर देखी जनकपूरको कुर्था आज रेल आईपुग्ने भएको छ । जयनगर देखि कुर्थासम्मको ३५ किलो मिटर ब्रोडगेजको रेलमार्ग निर्माणको अन्तिम चरणमा रहेकाले आजै ५३ वटा बग्गी कुर्थासम्म आईपुग्ने जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले जानकारी दिएका छन ।

असोज भित्रमै रेल संचालन गर्ने भनिए पनि सो समयमा रेल संचालन हुन सकेको थिएन । तर शनिबार भने कुर्थासम्मनै रेलको डिब्बा आउने ओझाले जानकारी दिएका हुन । भारतको जयनगर देखी जनकपूर हुँदै कुर्था सम्म रेल आए पनि अहिलेनै सर्वसाधरणले भने उक्त रेल चढन नपाउने भएका छन । अहिले मालबहाक रेल मात्रै आउने र डिसेम्बर १८ देखि मात्रै सर्वसाधरणले रेल चढ्न पाउने भएका छन ।

अहिले नेपालसँग रेल संचालनको लागि दक्ष जनशक्ती नभएकै कारण भाडामा रेल संचालन गर्ने विभागले बताउँदै आएको छ । ब्रोडगेज रेलमार्ग विस्तार गरि रहेको भारतीय कम्पनी इर्कन इन्टरनेसनललाई नै भाडामा चलाउन दिने कि भारतीय सरकारलाई चलाउन दिने हो सरकारी तवरमा कुरा भईरहेको छ ओझाले भने ।

भारतीय कम्पनीले यही साउनमानै साढे ८ किलो मिटर जनकपुर–जयनगर–कुर्था ब्रोडगेज रेलमागको परीक्षण सुरु गरेको थियो । भदौ भित्रै पूर्ण संचालनमा ल्याउने भनिए पनि उक्त रेलमार्ग संचालनमा ल्याउन सकेको छैन ।

न्यारो गेजमा बनाएको उक्त रेलमार्ग न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङ गर्ने विभागले बताउँदै आएको छ । हाल नेपालमा दक्ष जनशक्ति नभएको र मर्मतका लागि प्राविधिक समेत नभएकाले आउटसोर्सिङ गर्नु पर्ने बाध्यता रहेको छ इञ्जिनियर ओझाले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL