Logo

कालिञ्चोक केवलकार परीक्षणको लागि स्वीजरल्याण्डबाट प्राविधिक आउँदै, तिहार अघि नै व्यवसायीक संचालन

कालिञ्चोक केवलकार परीक्षणको लागि स्वीजरल्याण्डबाट प्राविधिक आउँदै, तिहार अघि नै व्यवसायीक संचालन



काठमाडौं । दोलखामा निर्माणधिन कालिञ्चोक केवलकार तिहार अघि नै संचालनमा आउने भएको छ ।

यही कात्तिक १२ गते स्वीजरल्याण्डका प्राविधिकहरु परीक्षणका लागि आउने भए पछि तिहार अगाडी नै ब्यवसायीक रुपमा संचालनमा आउने भएको हो । केबलकारका संचालक बालकृष्ण सिवाकोटीका अनुसार २ जना स्वीस प्राविधिकहरु १२ गते नेपाल आईपुग्ने र १३ गते कालिञ्चोक कुरीमा पुग्ने छन ।

उनका अनुसार २ जना प्राविधिक आएर करिब ४ दिनको परीक्षण पछि मात्रै ब्यवसायीक रुपमा संचालनमा ल्याउन सकिने छ ।

दशैं अगाडीनै संचालनमा ल्याउने तयारी गरेको उक्त केवलकार नेपाली प्राविधिकहरुले परीक्षण गरे पनि स्वीजरल्याण्डका प्राविधिकहरुले परीक्षण नगरे सम्म पूर्ण संचालनमा आउन नसकिने संचालक सिवाकोटीले जानकारी दिएका थिए ।

दोलखाको कालिञ्चोक मन्दिरसम्म पुग्ने केबलकारको निर्माण कार्य भने करिब ९८ प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए । ‘दशैं देखी संचालनमा ल्याउन लागेको केवलकारको टिकटदर भने अझै टुङगो लागि सकेको छैन । टिकटदरको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय सँग छलफल भईरहेको समेत सिवाकोटीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL