Logo

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, यी हुन ७ प्रदेशबाट विजयी उपाध्यहरु

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, यी हुन ७ प्रदेशबाट विजयी उपाध्यहरु



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले आफ्नो तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष भएका हुन् ।

काठमाडौंमा सम्पन्न महासंघको ११ औं अधिवेशनमा उनले रामशरण देउजा, यज्ञध्वज कार्की र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम मानन्धरलाई पराजित गर्दै निर्वाचित भएका हुन ।

सिंह यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए । उनी महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा सिंहकै प्यानलबाट युवा व्यवसायी निकोलश पाण्डे निर्वाचित भएका छन ।

यस्तै एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई बिजयी भएका छन् । महासंघको आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी हुँदा कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की विजयी भएका हन् ।

महासंघको निर्वाचनबाट सातवटै प्रदेशका उपाध्यहरु निर्वाचित भएका छन् । जसअनुसार प्रदेश नम्बर १ मा धिरेन्द्र दाहाल, प्रदेश नम्बर २ मा सुरेन्द्रप्रसाद सिंह, प्रदेश नम्बर ३ पेम्बा लामा शेर्पा, प्रदेश नम्बर ४ मा राजेन्द्र पहाडी, प्रदेश नम्बर ५ मा टोप बहादुर रायमाझी, प्रदेश नम्बर ६ मा रत्नबहादुर खड्का र प्रदेश नम्बर ७ बाट टेकबहादुर सेटी विजयी भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL