Logo

३६ प्रतिशत निजी आवासको पुनिर्निर्माण सम्पन्न, साढे ५ लाख घर निर्माणचरणमा

३६ प्रतिशत निजी आवासको पुनिर्निर्माण सम्पन्न, साढे ५ लाख घर निर्माणचरणमा



काठमाडौं । भुकम्पमा भत्किएका निजी आवासमध्ये ३६ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माणको समिक्षा गर्दै उक्त जानकारी दिएको हो ।

कुल ८ लाख १० हजार ६ सय ९० लाभग्राही मध्ये ५ लाख ५१ हजार घर निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार ७ हजार ५ सय विद्यालय मध्ये ३ हजार ८ सय विद्यालयको निर्माण सम्पन्न भएको छ भने २ हजार ७ सय निर्माणको क्रममा रहेको छ । त्यसतै १ हजार २ सय स्वास्थ्य संस्था मध्ये ६ सय ५० भवनको निर्माण पूरा भएको छ भने १ सय ५० भवन निर्माणाधिन अवस्थामा रहेको छ ।

अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदाहरु मध्ये १ सय ८५ वटा सम्पदाको निर्माण सकिएको छ भने ३ सय १० वटा निर्माणको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले भूकम्पबाट प्रभावितले निजी आवास निर्माणका लागि ९० प्रतिशतले पहिलो, ६२ प्रतिशतले दोस्रो, र ३२ प्रतिशतले तेस्रो किस्ता लिई सकेको जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणलाई व्यवस्थित गर्न स्थानीय तहलाई जिम्मेवारी प्रदान गरिएको बताएका छन ।

बैठकमा विकास साझेदारका संस्थाका प्रतिनिधिहरुले ग्रामीण क्षेत्रमा भएको निजी आवास पुनर्निर्माणमा भएको प्रगतिको प्रशंसा गर्दै निजी आवासका लागि अनुदानको किस्ता लिइसक्नु पर्ने समयसीमा र निजी आवास पुनर्निर्माणबारे चासो व्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने अनुदानको किस्ता लिइसक्नु पर्ने समयसीमाभित्र अनुदान लिइसक्नु पर्ने र चालू आर्थिक बर्ष भित्रै निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने बताएका छन ।

जोखिममा परेका परिवार, गुनासो सुनुवाइबाट आउने लाभग्राही, शहरी क्षेत्रमा भएका परम्परागत बस्ती, बस्ती स्थानान्तरण र एकीकृत बस्तीमा रहेका लाभग्राहीका लागि भने थप समय हुन सक्ने ज्ञवालीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL