Logo

भौतिक संरचनाको पुनर्निर्माण गर्न थप ६ खर्ब रुपैयाँ आवश्यक, यो बर्ष ३ खर्ब रुपैयाँ खर्च हुँदै

भौतिक संरचनाको पुनर्निर्माण गर्न थप ६ खर्ब रुपैयाँ आवश्यक, यो बर्ष ३ खर्ब रुपैयाँ खर्च हुँदै



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न थप ६ खर्ब रुपैयाँ लाग्ने जानकारी दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आईतबार अन्तरराष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा थप पुनर्निर्माणको लागि उक्त रकम आवश्यक रहेको बताएका हुन ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रमा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने बताएका छन । उनले चालु आवमा सो रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको समेत बताएका छन ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब रुपैयाँ, दोस्रो वर्ष ४९ अर्ब रुपैयाँ, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो भने चालु आवमा १ खर्ब ५१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

२०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।

भूकम्प पछिको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब रुपैयाँ उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भई ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गछौं, ज्ञवालीले भने ।

अन्तरराष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL