Logo

विरेठाँटी देखि मुक्तिनाथसम्म केवलकार निर्माणमा लगानी बोर्डसँग सम्झौता, लागत ३५ करोड अमेरिकी डलर

विरेठाँटी देखि मुक्तिनाथसम्म केवलकार निर्माणमा लगानी बोर्डसँग सम्झौता, लागत ३५ करोड अमेरिकी डलर



काठमाडौं । कास्कीको विरेठाँटी देखि मुक्तिनाथ मन्दिरसम्म केवलकार निर्माण हुने भएको छ । सो स्थानमा केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच सम्झौता भएको हो ।

करिब ८४ किलोमिटर लामो उक्त केवलकार निर्माणका लागि बुधबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

६ ओटा स्टेशनहरु रहने उक्त केवलकारको निर्माणका लागि ३५ करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । हाल फाइनल भएको स्टेशनहरुमा विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि तेले मार्फा देखि जोमसोम, जोमसोम देखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजन गरिएको बोर्डले जानकारी दिएको छ ।

गत बैशाख १५ मा बसेको लगानी बोर्डको ३० औं बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको थियो । साथै कम्पनीलाई बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराउन निर्देशन दिएको थियो ।

उक्त सम्झौतापश्चात कम्पनीले उक्त आयोजनाको १७ महिनाभित्र डिपिआर लगानी बोर्ड समक्ष पेश गर्नुपर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL