Logo

भूकम्प गएको ३ वर्षमा १२ सय बस्ती स्थानान्तरण, २१ सय परिवार अझै जोखिममा

भूकम्प गएको ३ वर्षमा १२ सय बस्ती स्थानान्तरण, २१ सय परिवार अझै जोखिममा



काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प गएको झण्डै ३ बर्ष वितिसक्दा समेत विस्थापित परिवारको स्थानान्तरण गर्न सकेको छैन ।

भुकम्प गएको ३ वर्षमा प्राधिकरणले जम्मा १२ सय परिवारको मात्र सुरक्षित बसोबासको लागि जग्गा किन्न अनुदान दिएको प्राधिकरणले जानकारी दिएको छ । अहिले प्राधिकरणले जग्गा किन्न अनुदान स्वरुप २ लाख रुपैयाँ दिँदै आएको छ ।

प्राधिकरणले गत आर्थिक बर्षको असार मसान्तसम्ममा १२ सय परिवारको लागि सुरक्षित आवास निर्माणको लागि जग्गा किन्न अनुदान दिएको हो । प्राधिकरण आफैंले बस्ती स्थानान्तरण गर्ने नभई उनीहरुको लागि जग्गा किन्न अनुदान मात्र दिने गरेको प्राधिकरणका एक कर्मचारीले बताए ।

भुकम्पका कारण ३ हजार ४ सय घरपरिवार जोखिम युक्त बस्तीमा भएको र तीनलाई स्थानतरण गर्नुपर्ने भएको थियो । तर, त्यसमध्ये हालसम्म १ हजार २ सय परिवारले मात्र सुरक्षित ठाउँमा बस्न पाएका छन ।

भुकम्पको केन्द्र विन्दु रहेको गोरखाको लाप्राकमा ५ सय ७३ घर धुरीको लागि गैर आवासीय नेपाली (एनआरएन)ले सहयोग गरेका छन भने दोलखाको बोसिम्पमा करिब ७६ घर धुरीको लागि सरकारले नै जग्गा उपलब्ध गराउने भएको छ ।

३ हजार ९ सय परिवारले सुरक्षित जग्गामा स्थानान्तरणको लागि आवेदन दिएकोमा करिब ३ सय परिवारको आफ्नै सुरक्षित ठाउँमा जग्गा भएकाले ३ हजार ४ सय १ परिवारको लागि मात्र स्थानतरण गर्न प्राधिकरणले पहल चालेको थियो ।

अहिले २ हजार १ सय परिवारलाई स्थानान्तरण गर्नु पर्नेमा आउँदो मंसिर सम्ममा १ हजार ८ सय परिवारको स्थान्तरण भईसक्ने प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL