Logo

नेपालको मैथानपुरसम्म आईपुग्यो मालबाहक रेल, ५६ वटा बग्गी संचालनमा

नेपालको मैथानपुरसम्म आईपुग्यो मालबाहक रेल, ५६ वटा बग्गी संचालनमा



काठमाडौं । जनकपुर–जयनगर–कुर्ता ब्रोडगेज रेलमार्ग निर्माणको १५ किलोमिटर सम्पन्न भएको छ ।

भारत सरकारको ईरक्वान ईन्टरनेशनल कम्पनीले निर्माण गरेको सो रेलमार्गको काम युद्धस्तरमा भई रहेको ईन्जिनियर बिनोद ओझाले बिजखबरलाई जानकारी दिएका छन । गत साउन २३ गते साढे ८ किलो मिटर जनकपुर–जयनगर–कुर्ता ब्रोडगेज रेलमागको परीक्षण सुरु गरेको थियो ।

तर भदौ १९ गते सम्म आईपुग्दा सो रेलमार्गको १५ किलोमिटर काम सम्पन्न भई ब्लास्ट बोकेको मालबाहक रेलको ५६ वटा बग्गी मैथानपुरसम्म आई पुगेको ओझाले जानकारी दिएका छन ।

हाल ब्लास्टिङ हाल्ने र ट्रयाकिङको काम भईरहेको तथा ग्रीज हाल्ने काम भने सकिसकेको ओझाले जानकारी दिएका छन । ‘अक्टोबर समममा सिभिल कन्सट्रक्शनको काम सकिनेछ त्यस पछि भने पूर्ण ३५ किमि रेल कुदाउन सक्छौ,’ उनले भने ।

गत साउनमा नै जनकपुर–जयनगर–कुर्ता ३५ किमिसम्म रेल आउन अझै एक महिना लाग्ने ओझाले बताएका थिए । तर ब्लास्ट हाल्ने ठाउँमा पानीले समस्या दिए पछि केही मात्रमा काम ढिला भएको उनले बताए । ‘अबको करिब १ महिना भित्रै ब्लास्ट र स्वाईपर लगायतका काम सकिनेछ,’ उनले भने ।

न्यारो गेजमा बनाएको उक्त रेल मार्ग न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । ३५ किमि काम सम्पन्न भए पछि सरकारले भाडामा नै भए पनि रेल चलाउने बताउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL