Logo

गुम्बा पुननिर्माणलाई तिब्रता दिंदै प्रधिकरण, नक्सांकनमै सकियो ९ करोड

गुम्बा पुननिर्माणलाई तिब्रता दिंदै प्रधिकरण, नक्सांकनमै सकियो ९ करोड



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा जोड दिनु परेकाले गुम्बाहरुको पुनर्निर्माण ओझेलमा परेको जानकारी दिएको छ ।

प्राधिकरणले निजी आवासलाई प्राथमिकतामा राख्दा गुम्बा लगायतका संरचनाहरुको पुनर्निर्माण ओझेलमा परेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बताएका छन ।

ज्ञवालीले अवको दिनमा निजी आवास पुननिर्माणको कार्य सँगसँगै गुम्बाको पनि पुननिर्माणमा तिब्रता दिने जानकारी दिएका छन ।

आइतबार संघीय संसदका सदस्यहरु तथा गुम्बासँग सरोकारवाला प्रतिनिधिसँगको छलफलमा सम्पदाहरुको मौलिकता रहने गरी त्यसैलाई अन्तिम रुप दिने बताएका छन ।

तर भुकम्प गएको झण्डै ३ वर्ष वितिसक्दा पनि १ हजार ३ सय २० वटा गुम्बाको पुन निर्माण भने अझै हुन सकेको छैन । २९ जिल्लाको १ हजार ३ सय २० वटा गुम्बाको पुन निर्माणको लागि नक्सांकनमा मात्रै ८ करोड ९० लाख रुपैयाँ खर्च भई सकेको छ ।

साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको पुन निर्माण गर्ने भनिए पनि गुम्बा तथा विहारको पुननिर्माणमा सरकारले चासो नदिएको सम्वन्धित सरोकारवालाको गुनासो रहेको छ ।

ज्ञवालीले भने सम्बन्धित गुम्बाहरुले बनाएका नक्सांकनलाईनै मान्यता दिन आफु सकरात्मक रहेको बताएका छन ।
गुम्बा लगायतका सार्वजनिक संरचना पुननिर्माणमा स्थानीय सरकारलाई पनि संलग्न गराउँदै लैजाने प्राधिकरणको नीति रहेको समेत जानकारी दिएका छन ।

त्यस्तै छलफलमा प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले गुम्बा पुनर्निर्माणका क्रममा प्राधिकरणले अनुदान उपलब्ध गराउँदा जिल्लाको भौगोलिक अवस्थितिलाई विचार गरिने बताए ।

प्राधिकरणले भूकम्प प्रभावित २८ जिल्लाका १ हजार ३ सय २० गुम्बाको अध्ययन गरेको थियो जस मध्ये ८ सय ९६ गुम्बा पुनर्निर्माण गर्नुपर्ने सुचीमा रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL