Logo

केरुङ-काठमाडौं रेलमार्गको निर्माण लागत २ खर्ब ५७ अर्ब, निर्माण अवधि ९ बर्ष

केरुङ-काठमाडौं रेलमार्गको निर्माण लागत २ खर्ब ५७ अर्ब, निर्माण अवधि ९ बर्ष



काठमाडौं । केरुङ-काठमाडौं रेलमार्ग २ खर्ब ५७ अर्ब लागतमा निर्माण हुने भएको छ । चीन सरकारले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार उक्त रेलमार्गको निर्माण अवधि करीव ९ बर्ष लाग्ने अनुमान गरिएको छ ।

७२ दशमलव २५ किलोमिटर लम्बाई रहेको उक्त रेलमार्गको चीन सरकारले प्रारम्भिक अध्ययन गरेको हो ।

रेलमार्गमा करिव ९८ दशमलव ५५ प्रतिशत पुल तथा सुरुङमात्रै रहने रेल विभागका सिनियर डिभिजनलन इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

उनका अनुसार चीन सरकारले अध्ययनका क्रममा निकालेको लागत नेपाल सरकारले नै छुट्याउन सक्नेछ । उक्त लागतअनुसार रेलमार्गमा १ किमि बराबर ३ अर्ब ५७ करोड रुपैयाँ खर्च हुनेछ ।

नेपालको बजेटबाट प्रतिबर्ष २७ अर्ब ५५ करोड उक्त रेलमार्गका लागि छुट्याईए नेपालले आफ्नै लागतमा रेलमार्ग निर्माण सम्पन्न गर्न सक्ने उनको भनाई थियो ।

चीन सरकारले सहुुलियत ऋणमा रेलमार्ग निर्माण गरिदिने बताउँदै आएपनि नेपाल सरकारले भने अनुदानमा निर्माण गरिदिन आग्रह गरिरहेको छ ।

चीन सरकारले तयार पारेको उक्त अध्ययन प्रतिवेदन भने भोली सोमबार नेपाल सरकारलाई बुझाउने इन्जिनियर उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL