Logo

जनकपुर खजुरी सम्म आईपुग्यो रेल, एक महिना पछि पूर्ण संचालनमा आउने

जनकपुर खजुरी सम्म आईपुग्यो रेल, एक महिना पछि पूर्ण संचालनमा आउने



काठमाडौं । भारत सरकारको ईरक्वान ईन्टरनेशनल कम्पनीले साढे ८ किलो मिटर जनकपुर–जयनगर–कुर्ता ब्रोडगेज रेलमागको परीक्षण सुरु गरेको छ ।

बुधबार परिक्षण गरेको सो रेल मार्गमा रेलमार्ग निर्माण कम्पनीले जयनगर देखि खजुरी सम्मको साढे ८ किलो मिटर खण्डमा रेल चलाएर परिक्षण गरेको ईन्जिनियर विनोद ओझाले जानकारी दिए । जनकपुर–जयनगर–कुर्ता ३५ किमि सम्म रेल आउन भने अझै एक महिना लाग्ने ओझाले बताए ।

हाल जनकपुर–जयनगर–कुर्ता ३५ किमि रेल मार्गको ब्लास्ट हाल्न बाकी रहेको तथा अन्य काम पनि बाँकी रहेकाले सबै काम सम्पन्न गर्न एक महिना लाग्ने ईन्जिनियर ओझाले बताए ।

अहिले जनकपुर–जयनगर सम्मको १० किमि रेलमार्ग मध्य ८ दशमलब ५ किमि सम्पन्न भएकाले उक्त रेलमार्गमा निर्माण कम्पनीले खजुरी सम्मको परिक्षण सुरु गरेको हो ओझाले भने ।

ब्रोडगेज लिक बिछ्याउने काम लगभग ९० प्रतिशत सम्पन्न भएको छ भने ब्लास्ट र स्वाईपर लगायतका काम भने अझै बाँकी रहेको छ ।

३५ किमि काम सम्पन्न भए पछि सरकारले भाडामा नै भए पनि रेल चलाउने बताउँदै आएका छन ।  न्यारो गेजमा बनाएको उक्त रेल मार्ग न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङ गर्ने विभागले बताउँदै आएको छ ।

हाल नेपालमा दक्ष जनशक्ति नभएको र मर्मतका लागि प्राविधिक पनि छैन इन्जिनियर किरण कार्कीले बताए । यो अवस्थामा करिब २ वर्ष सम्म निर्माण कम्पनीलाई नै जिम्मा दिने तयारी भईरहेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL