Logo

पुनर्निर्माणले गति लिन सकेन, ५ लाख पीडित अझै टहरामै

पुनर्निर्माणले गति लिन सकेन, ५ लाख पीडित अझै टहरामै



काठमाडौं । भुकम्प गएको झण्डै साढे ३ वर्ष विते पनि पुनर्निर्माणले भने गति लिन सकेको छैन ।

सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष लिए पनि सो लक्ष पुरा नहुनेमा आशंका उब्जिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वार्षिक प्रगति समिक्षा गर्दै कार्य प्रगति सन्तोष जनक रहेको उल्लेख गरे पनि अझै ५ लाख ३८ हजार ९ सय १ परिवार टहरामै बस्न बाध्य छन ।

प्राधिकरणका अनुसार करिब ८ लाख ७ हजार ४ सय ८६ लाभग्राही मध्ये ७ लाख २२ हजार १ सय १ जनाले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

हाल सम्म २ लाख ६८ हजार ५ सय ८५ जनाको मात्र निजी आवस पुनर्निर्माण सम्पन्न भएका छन भने ५ लाख ४१ हजार २ सय १९ घर बन्दै गरेको तथ्याङकमा उल्लेख छ । भुकम्पमा परि ध्वस्त भएका घरका थप गुनासो २ लाख ३७ हजार ८५ रहेकोमा २ लाख ५ हजार ५ सय ८५ गुनासो प्राधिकरणले फर्छौट गरेको छ ।

प्राधिकरणले छुट सर्वेक्षण तथा पुन जाँचमा १ लाख २९ हजार ४ सय ८ घर धुरी रहेकामा ९१ हजार ९ सय १८ घरधुरीको सुनुवाई गरेको छ ।

सरकारी भवन तथा आयोजना

३ सय ७९ सरकारी भवनको पुनर्निर्माण गर्नु पर्ने भए पनि हाल सम्म २ सय २० भवन मात्र निर्माण सम्पन्न भएका छन । तथ्याङक अनुसार १ सय ४७ सरकारी भवन भने पुनर्निर्माणको क्रममा रहेको छ ।

त्यस्तै ७ हजार ५ सय ५३ शैक्षिक संस्था पुनर्निर्माण गर्नु पर्ने भए पनि हाल सम्म ३ हजार ७ सय ८५ भवन मात्र सम्पन्न भएका छन । १ हजार १ सय ९७ स्वस्थ्य संस्था मध्ये ६ सय ४३ भवन मात्र पुनर्निर्माण सम्पन्न भएका छन ।
त्यस्तै सुरक्षा निकायको ३ सय ८३ भवन मध्ये ८९, खानेपानीको ३ हजार २ सय १२ आयोजनामा ५ सय २१ सम्पन्न भएका छन ।

त्यस्तै सडकको भने दोलखा सिंगटी १२ किलोमिटर धादिङ–गोरखा प्याकेज १ को ३४ दशमलब ६५, प्याकेज २ को २८ दशमलब ४२, प्याकेज ३ को २२ दशमलब ६२ प्याकेज ४ गोरखाको ३१ दशमलब ७६ प्रतिशत र पाँचखल मेलम्ची सडक खण्डको १२ दशमलब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

त्यस्तै एडीबीको सहयोगमा संचालित १७ वटा सडकहरुको ३ सय १ किमिको ५० प्रतिशत काम सम्पन्न भएको र पिडीआरएफ तर्फको ७ सय किमि मध्यको १५ प्रतिशत काम भएको प्राधिकरणले जानकारी दिएको छ ।

जोखिम युक्त रहेको लाभग्राहीको संख्या ३ हजार ९ सय ७५ रहेकोमा २ लाख रुपैयाँ अनुदान लिई जग्गा ब्यवस्थापन गरेको संख्या १ हजार १ सय ९९ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL