Logo

१३ सय गुम्बा अझै निर्माण हुन सकेनन, नक्सांकनमा मात्रै ८ करोड ९० लाख

१३ सय गुम्बा अझै निर्माण हुन सकेनन, नक्सांकनमा मात्रै ८ करोड ९० लाख



काठमाडौं । भुकम्प गएको ३ वर्ष विति सक्दा पनि अझै १ हजार ३ सय २० वटा गुम्बाको पुन निर्माण हुन सकेको छैन ।

सरकारले उक्त गुम्बाहरुको पुर्ननिर्माणका लागि प्रभावित गुम्बा बिहारको संरक्षण तथा पुर्ननिर्माण कार्यविधि बनाए पनि हाल सम्म कार्यान्वयन नभएको नेपाल गुम्बा विहार महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार अति प्रभावित १४ जिल्लामा मात्रै १ हजार ९६ वटा गुम्बा पूर्ण रुपमा ध्वस्त भएका छन । सो गुम्बा निर्माणको लागि सरकारले आर्थिक वर्ष २०७३÷७४ मा निर्माण कार्य अगाडी बढाउन निर्देशन दिए पनि सम्बन्धीत निकायले चासो नदिंदा छुट्टयाएको रकम समेत फ्रिज भएको अध्यक्ष सोमबोल तामाङले जानकारी दिए ।

सरकारले गुम्बा पुन निर्माण कार्यविधि बनाए पनि हालसम्म उक्त कार्यविधि कार्यान्वयनमा नआउँदा आव २०७३÷७४ मा छुट्टयाएको ३७ अर्ब रुपैयाँ र ७४÷७५ मा २ अर्ब ११ करोड रुपैयाँ फ्रिज भएको थियो ।

सरकारले गुम्बा पुननिर्माणको लागि चालु आवमा २ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘सरकारको ताल यस्तै हो भने यो वर्षको बजेट समेत फ्रिज जान बेर छैन,’ तामाङले भने । ‘बजेट विनियोजन गर्ने अनि काम नगर्ने प्रवृत्तिले हैरान बनायो त्यसैले यही साउन ३० गते दवाव स्वरुप वृहत प्रदर्शनी गर्न लागेका छौं,’ उनले भने ।

चालु आवमा २ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको भए पनि निर्माण प्रकृया अगाडी नबढेको महासंघले जानकारी दिएको छ । महासंघले २९ जिल्लाको १ हजार ३ सय २० वटा गुम्बाको पुन निर्माणको लागि नक्सांकनमा मात्रै ८ करोड ९० लाख रुपैयाँ खर्च गरेको अध्यक्ष तामाङले बताएका छन ।

साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको पुन निर्माण गर्ने भनिए पनि गुम्बा तथा विहारको पुन निर्माणमा सरकारले चासो नदिएको तामाङको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL