Logo

पप्पु कन्स्ट्रक्सको ढिलाईपछि तीनकुने पुलको म्याद थप्ने तयारी हुँदै, डिजाईनमै सकियो डेढ बर्ष

पप्पु कन्स्ट्रक्सको ढिलाईपछि तीनकुने पुलको म्याद थप्ने तयारी हुँदै, डिजाईनमै सकियो डेढ बर्ष



काठमाडौं । माईतीघर तीनकुने सडकखण्ड अन्तरगत तीनकुने पुलको म्याद थप्ने तयारी गरिएको छ । यहि असार १५ गतेसम्मको म्याद रहेको उक्त पुलको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माणमा ढिलाई गरेपछि म्याद थप्ने तयारी गरेकोे माइतीघर तीनकुने सडकखण्ड आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले जानकारी दिए ।

‘म्याद थप्ने निश्चीत नभएपनि निर्माण हुनुपर्ने म्याद सकिएपछि यसको १ मात्र विकल्प म्याद थप्नु नै हो,’ उनले भने । उक्त पुलको लागि १ चोटिसम्म म्याद थप्न सकिने पनि उनले जानकारी दिए ।

तीनकुनेको अहिलेको पुलको दुइतिर बन्न लागेको नेटवर्क आर्क ब्रीज असार १५ गतेभित्र बनिसक्नुपर्ने म्याद रहेपनि हालसम्म माथिल्लो अर्थात पशुपति तिरको पुलको सव स्ट्रक्चर बनेको र तल्लो पट्टिको अर्थात शंखमुलतिरको पुलको भने जग पनि निर्माण गरि नसकिएको प्रवक्ता श्रेष्ठले बिजखबरलाई जानकारी दिए ।

यसका साथै उनले अव १ पल्टसम्म म्याद थप्न सकिने भएपनि उक्त थप म्यादको विषयमा आधिकारिक निर्णय भने नभईसकेको जानकारी दिए । उक्त पुलको डिजाइनलाई ६ महिनाको समय छुट्टयाइएको थियो । तर यसको डीजाइनमै डेढ बर्ष समय लागेको छ ।

‘सो पुल निर्माणको ढिलाईमा ठेकेदार कम्पनीको मात्रै दोस होइन, यो पुलको डिजाइन नै जटिल भएको हुनाले पनि निर्माणमा ढिलाई भएको हो,’ उनले भने । हाल निर्माण भइरहेको धोविखोला पुलको भने लगभग ५५ प्रतिशत काम सकिएको छ । उक्त पुलको तल्लो भागमा भने ह्याङगर बनाउन बाँकी रहँदा माथिल्लो भागको पुलको भने जग मात्रै खनिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL