Logo

बर्दीबास निजगढ रेल्वे ट्रयाकको लागि डेढ अर्ब बजेट, थप तीन स्थानको डीपीआर हुँदै

बर्दीबास निजगढ रेल्वे ट्रयाकको लागि डेढ अर्ब बजेट, थप तीन स्थानको डीपीआर हुँदै



काठमाडौं । रेल विभागले देशमा रेल्वे सेवा संचालनको लागि कामलाई तीब्र रुपमा अघि बढाएको छ ।

विभागले हालैमात्र बुटवल देखी गड्डाचौकीसम्मको ४ सय १९ किलोमिटरको डिपीआरको काम गरिरहेको छ । अबको ४ महिनामा यस क्षेत्रको डिपीआरको काम सम्पन्न हुने विभागका ईन्जिनियर किरण कार्कीले बताएका छन ।

पुर्व पश्चिम रेलमार्गको काम भने पर्सा र चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने र निकुञ्जले जग्गा उपलब्ध नगराउने भए पछि निजगढ, हेटौंडा, भरतपूर हुँदै बुटवल सम्मको लागि सम्भाब्यता अध्ययन भईसकेको विभागले जानकारी दिएको छ ।

निजगढ, हेटौंडा, भरतपूर हुँदै बुटवल सम्मको सम्भाब्यता अध्ययन सकेकाले आर्थिक वर्ष २०७५÷७६ मा डीपीआर सम्पन्न गर्ने लक्ष्य रहेको कार्कीले बताए ।

सरकारले रेल विभागको लागि आब २०७५÷७६ मा ४ अर्ब रुपैया वजेट विनियोजन गरेको छ । विनियोजन बजेट मध्ये (लालबन्दी देखी बाग्मती) जयनगर जनकपुर बर्दीबास रेलमार्गको जग्गा मुआब्जको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको विभागले जानकारी दिएको छ ।

विभागले बर्दीबास निजगढ सम्मको ट्रयाकबेडको लागि १ अर्ब ५० करोड रुपैयाँ तथा परामर्श सेवाका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तैै रेल खरिदमा ५० करोड रुपैयाँ तथा पुल निर्माणका लागि १ अर्व रुपैयाँ विनियोजन गरेको विभागका ईन्जिनियर कार्कीले जानकारी दिएका छन ।

तर, नेपालमा रेल्वे संचालनका लागि सरकारले एकदमै न्युन बजेट विनियोजन गर्दा समस्या भएको विभागको भनाई छ । यदि नेपालमा रेल संचालनमा लागि तीब्र रुपमा काम अघि बढाउने हो भने खर्बौं रुपैयाँ खर्चिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL