Logo

मुगु हुम्ला लिङक रोडमा डीएफआईडीको वित्तीय सहयोग, कुल लागत १५ मिलियन यूरोे

मुगु हुम्ला लिङक रोडमा डीएफआईडीको वित्तीय सहयोग, कुल लागत १५ मिलियन यूरोे



काठमाडौं । अन्तरराष्ट्रिय विकास विभाग (डिएफआईडि) ले मुगु, हुम्ला लिङक रोड निर्माणका लागि ६० लाख युरो ( करिब ८७ करोड नेपाली रुपैयाँ) आर्थिक सहयोग गर्न सहमत भएको छ ।

कर्णाली रोजगार कार्यक्रम मार्फत उक्त रकम बराबरको सहयोग गर्न सहमत भएको हो । उक्त सडकको जम्मा लागत १ करोड ५० लाख युरो हनेछ । जसमध्ये डीएफआईडीले ६० लाख यूरो र ग्रामीण पहँुच कार्यक्रमको ९० लाख यूरो सहयोग रहेको छ ।

सो सडकको निर्माणसँगै मुगु र हुम्लालाई जोड्नुका साथै उक्त क्षेत्रका विभिन्न गाउँहरुलाई जोड्नेकछ । उक्त सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र डिएफआईडि नेपालका अध्यक्ष रुरिक मार्सडेनले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL