Logo

कलंकी अन्डरपासको काम अन्तिम चरणमा, बल्खु–कलंकी सडकखण्डको म्याद थपियो

कलंकी अन्डरपासको काम अन्तिम चरणमा, बल्खु–कलंकी सडकखण्डको म्याद थपियो



काठमाडौं । कोटेश्वर कलंकी सडकखण्ड अन्तरगत कलंकी अन्डरपासको काम अन्तिम चरणमा पुगेको छ । उक्त अन्डरपासमा असार अन्तिमसम्ममा गाडी गुड्ने भएका छन ।

कलंकी कोटेश्वर सडकखण्ड आयोजनाका प्रमुख प्रकास भण्डारीका अनुसार हाल उक्त अन्डरवेको फिनिसिङको काम भइरहेकोले असार अन्तिमसम्ममा संचालनमा आउने भएको हो । ‘हामी कामको अन्तिम चरणमा छौं,’ उनले भने, ‘अन्डरवेको काम पनि अन्तिम चरणमा पुगेको छ । अब चाँडै नै यसको फिनिसिङ सकेर संचालनमा ल्याउने छौं ।’

चिनियाँ अनुदानमा बन्न लागेको कोटेश्वर कलंकी सडकखण्ड अन्तरगतको उक्त अन्डरपासको काम ९८ प्रतिशत सम्पन्न भएको छ । निर्माणको काम सकिएकाले फिनिसिङ गर्न मात्र बाँकी रहेको आयोजनाका इन्जिनीयर निरन्जन शर्मा पौडेलले जानकारी दिए ।

तर, आयोजनाले बल्खु–कलंकी सडकखण्डको भने म्याद थप गरेको छ । बर्षायामका कारण सडकखण्डको काममा बाधा पुग्ने भएपछि सो सडकखण्डको म्याद पनि थपिएको हो । बल्खु कलंकी खण्डको लगभग १ दशमलव ४ किलोमिटर खण्डमा बढिभन्दा बढि माटोले पुरेको भाग भएकोले बर्षायाममा सडक निर्माणमा बाधा पुग्ने इन्जीनियर शर्माले जानकारी दिए । ‘उक्त क्षेत्रमा हेभि फिलिङ भएकोले बर्षायाममा सडक बनाउने काममा बाधा पुगेको छ’, उनले भने ।

सो खण्डको अन्तिम म्याद आगामी डिसेम्बर १५ सम्मको लागि थप गरिएको छ । यसका साथै खानेपानी, विद्युतका पोल आदि सार्ने कामहरुले पनि बाधा पुर्याएको र जमिनको कटिङ र फिलिङले पनि चाँडो काम सकाउन अप्ठ्यारो भएकाले पनि म्याद थपिएको इन्जिनीयर शर्माले बताए ।

साथै उनले सो खण्डमा बन्न लागेका आकाशे पुलको काममा भने चिनियाँ कामदारले बर्षायामको कारण देखाउँदै निर्माणमा ढिलासुस्ती गरिरहेको उनले जानकारी दिए । सो खण्डको विभिन्न स्थानमा गरी ७ ओटा आकाशे पुल बन्ने छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL