Logo

याम्बालिङ खोला जलविद्युत् आयोजनामा चीनको लगानी, लागत १ अर्व ४० करोड

याम्बालिङ खोला जलविद्युत् आयोजनामा चीनको लगानी, लागत १ अर्व ४० करोड


रासस
0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो ।

याम्बालिङ हाइड्रोपावर प्रालिले बुधबार पत्रकार सम्मेलन गरी आगामी २ बर्षभित्र याम्बालिङ जलविद्युत् आयोजना सम्पन्न हुने जानकारी दियो ।

प्रालिका अध्यक्ष कमानसिंह लामाले १ अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माणका लागि सम्झौता भएको बताए । ‘शुरुमा ७ दशमलव २७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि आगामी दिनमा ४० मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको छ,’ उनले भने ।

४० मेगावाट जलविद्युत् उत्पादनका लागि ९ अर्ब ४० करोड लाग्ने अध्यक्ष लामाले बताए । उनले हाइड्रोपावर प्रालिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स–साना आयोजना निर्माण गरेरै भए पनि सरकारलाई साथ दिने लक्ष्य लिएको जानकारी दिए ।

याम्बालिङ खोलामा सदाबहार बग्ने पानीलाई विद्युत्मा परिणत गर्ने उद्देश्यका साथ जलविद्युत् उत्पादन गर्न लागेका हौँ,’ उनले भने ।
जलविद्युत् उत्पादन भएको विद्युत् गृहबाट ३३ केबी प्रसारण लाइनमार्फत छ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित सवस्टेशनमा लगेर जोड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL