Logo

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन सुरु, भदौ १५ सम्म प्रारम्भिक प्रतिवेदन आउने

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन सुरु, भदौ १५ सम्म प्रारम्भिक प्रतिवेदन आउने



काठमाडौं । चीनको केरुङदेखि काठमाडौं सम्मको रेलमार्गको सम्भाब्यता अध्ययन सुरु भएको छ ।

सम्भाब्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटबाट चिनियाँ प्राविधिकको टोली तथा रेल विभागको टोली मंगलबार केरुङ तर्फ लागेको रेल विभागका प्रवक्ता प्रकासभक्त उपाध्यायले जानकारी दिएका छन ।

उपाध्यायका अनुसार अध्ययनको लागि चिनियाँ प्राविधिक टोली सोमबारबाटै काममा लागेका छन् । साथै सो टोलीले भदौ १५ भित्रमा रिपोर्ट तयार गरी बुझाउने समेत उनले जानकारी दिए ।

सम्भाब्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटबाट चिनियाँ प्राविधिकको टोलीले फिल्डमै पुगेर काम थालेको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसदन अधिकारी नेतृत्व टोलीले गत चैतमा चीन पुगेर सम्भाब्यता अध्ययन अघि बढाउने सम्झौता गरेको थियो ।

उपाध्यायका अनुसार केरुङ काठमाडौं रेलमार्गको अहिले भौगोलिक कठिनाइ पत्ता लगाउनुका साथै सम्भावित स्टेशनहरु खोजिने छ ।

‘केरुङ काठमाडौं रेलमार्ग अध्ययन भईरहेकाले कहाँबाट रेलमार्ग बन्छ भन्ने विषयको टुङगो भने लागेको छैन,’ उनले भने, ‘सम्भवत अध्ययन पछि सो विषयमा टुङगो लग्नेछ ।’

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा (केरुङ काठमाडौं), (पोखरा र काठमाडौं), (लुम्बिनी रेलमार्ग निर्माण अघि बढाउने उद्घोष गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL