Logo

प्रतिव्यक्ती विद्युत खपत १५ सय किलोवाट पुर्याइने, १५ बर्षमा १५ हजार मेवा विद्युत उत्पादन

प्रतिव्यक्ती विद्युत खपत १५ सय किलोवाट पुर्याइने, १५ बर्षमा १५ हजार मेवा विद्युत उत्पादन



काठमाडौं । सरकारले नेपालको विद्युत खपत बढाउने भएको छ । अबकोे ५ बर्षमा नेपालीको प्रतिव्यक्ती विद्युत खपत १ सय १० किलोवाट प्रति घण्टाबाट वृद्धि गर्दै १ हजार ५ सय किलोवाट प्रति घण्टा पुर्याउने भएको हो ।

सार्वजनिक तथा निजी स्रोतहरुबाट ५ बर्षभित्र १० हजार मेगावाट र १५ बर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ । यसका साथै सरकारले आगामी ५ बर्षमा उत्पादनका सबै क्षेत्र, सार्वजनिक सेवा र अन्य पुर्वाधारका क्षेत्रमा २४ सै घण्टा विद्युत आपुर्ति गर्ने भएको छ ।

साथै सरकारले विभिन्न किसिमका उर्जाका स्रोतहरु जस्तै भुतापीय उर्जा, वायुउर्जा तथा अन्य नविकरणीय उर्जालाइ प्रथामीकतामा राख्दै उर्जाको कमी महसुस हुन नदिने भएको छ । त्यसैगरी पुर्व पश्चिम राजमार्ग र रसुवागढी काठमाडौं विरगंज करिडोरमा ७ सय ६५ केभि क्षमताको प्रशारण लाइन निर्माण गर्ने भएको छ ।

त्यस्तै कर्णाली, कोसी र गण्डकी करिडोरमा उच्च क्षमताको प्रशारण लाइन पनि सरकारले निर्माण गर्ने जानकारी दिएको छ । अन्तरदेशिय प्रशारण लाइनहरु पनि सरकारले विस्तार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL