Logo

हरेक बर्षायाममा दुःख उस्तै, कहिले होला काठमाडौंका सडक व्यवस्थित ?

हरेक बर्षायाममा दुःख उस्तै, कहिले होला काठमाडौंका सडक व्यवस्थित ?



काठमाडौं । त्रीपुरेश्वर कलंकी नागढुंगा सडकखण्डमा यो बर्षको बर्षायाममा उस्तै दुःख पाईने भएको छ । पानी परेको बेला हिलो र घाम लागेको बेला धुलोले स्थानिय लगायत सो खण्डमा आवतजावत गर्ने यात्रुहरु मारमा पर्ने गरेका छन ।

यसका साथै काठमाडौं उपत्यका भित्रने प्रमुख नाकाको रुपमा रहेको सो सडक खण्ड सबैको आँखाको तारो बनेको छ भने सो सडकखण्डले सबैलाइ सताइरहेको पनि छ । अब बर्षायाम सुरु भएसँगै सो समस्या पुनः चुलीने भएको हो ।

सरकारले सडकलाई व्यवस्थित गर्ने उद्देश्यले सडकलाई ६ लेनको बनाउने योजनाका साथ काम अघि बढाएको छ । तर, विभिन्न अवरोधका कारण जनताले दुःख पाउनु परेको सडक विभागले जानकारी दिएको छ । सो समस्या समाधानका लागि हालसालै उक्त सडकखण्डको सबै भाग कालोपत्रे गर्ने काम अघि बढाएपनि तत्काल गर्न नसकिने सडक विभागले जानकारी दिएको छ ।

करिब साढे १२ किमी सडकखण्डको ठेक्का २०७२ साल असार ३१ मा सुरु भएको थियो । सम्झौता अनुरुप सो खडकखण्ड २८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर सम्झौता भएको ३ बर्ष अर्थात निर्माण सम्पन्न गर्ने अबधि बाहेक थप ८ महिना वितीसक्दा साढे १२ किमी सडकमा ४ किमी मात्र सडक कालोपत्रे भएको छ ।

साथै कालोपत्रे गरिएको बाहेकको सडक भने अझै अस्तव्यस्त रहेको छ । सडक विभागले भने सो सडकखण्ड अन्तरगतका स्थानीय निकायहरुले सिर्जना गरेका विभिन्न किसिमका अवरोधहरुले काममा ढिलाइ भएको बताउँदै आएको छ । चालू आर्थिक बर्षको जेठभित्र सो सडकखण्ड अन्तरगतको ४ किलोमीटर सडक कालोपत्रे गर्ने सडक विभागले जानकारी दिएको छ ।

साथै मौसमले साथ दिएमा काठमाडौं उपत्यकाका अन्य स्थानका अव्यवस्थित सडकहरु पनि कालोपत्रे गरिने सडक विभागका प्रवक्ता मुक्ती गौतमले जानकारी दिए । ‘बागमतिदेखि जोरपाटी सम्मको ९ सय मिटर सडक मौसमले साथ दिएमा छिट्टै कालोपत्रे गर्ने योजना छ,’ उनले भने । उपत्यका भित्रका जोरपाटी लगायत विभिन्न स्थानका बर्षामा हिलो र हिउँदमा धुलो हुने सडक खण्डले जनतालाई मात्र नभई वातावारणमा पनि प्रभाव पारेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL