Logo

प्रभु लाइफ इन्स्योरेन्सको शाखा पोखरामा, स्वास्थ्य बीमा संचालन गर्न जोड

प्रभु लाइफ इन्स्योरेन्सको शाखा पोखरामा, स्वास्थ्य बीमा संचालन गर्न जोड



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा शाखा विस्तार गरेको छ ।

प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार एक कार्यक्रम बीच उदघाटन गरेको छ ।

मुख्य मन्त्री गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्नेमा जोड दिएका छन ।

सोही अवसरमा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रबीन्द्र श्रेष्ठले कम्पनीले व्यवसायीक उचाई हासील गर्ने विश्वास व्यक्त गरेका छन ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई मनन् गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन ।

कम्पनीले जनताको सुरक्षा र सम्बृद्धिको चाहनालाई ध्यानमा राख्दै समाजका सवै वर्गलाई समेटने किसिमका बीमा योजनाहरु कार्यान्वयनमा ल्याउने जानकारी दिएको छ । कम्पनीले हाल २० शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैंयाँ लगानी गरेका छन । कम्पनीले केही समय भित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL